२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

चन्दा सहयोगमा पुनः सजियो कलुवापुरको रामजानकी मन्दिर

चन्दा सहयोगमा पुनः सजियो कलुवापुरको रामजानकी मन्दिर
oplus_2
अ अ+ अ-

काठमाडाैँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिर श्रद्धालुहरूको चन्दा सहयोगबाट मर्मत तथा रङरोगन गरी नयाँ स्वरुपमा सजाइएको छ। जीर्ण अवस्थामा पुगेको मन्दिरलाई स्थानीय र स्वदेश–विदेशमा रहेका भक्तजनको आर्थिक सहयोगमा पुनः चिटिक्क पारिएको हो।

मन्दिरको पुरानो पर्खाल भत्काएर नयाँ निर्माण गरिएको छ भने त्यसमा स्टिलको रेलिङ जडान गरिएको छ। मुख्य गेटलाई नयाँ डिजाइनमा पुनर्निर्माण गरिएको छ। मुख्य गेटदेखि मन्दिरसम्मको बाटो ढलान गरी भक्तजनको आवागमन सहज बनाइएको रामजानकी धाम तथा पर्यटकीय विकास समितिका अध्यक्ष प्रकाशसिंह ऐरले जानकारी दिए।

उनका अनुसार मन्दिरको शोभा बढाउन चारैतिर हरियालीसहित रङ्गीन फूलले सजिएको बगैँचा निर्माण गरिएको छ। भक्तजन बस्नका लागि चौतारोसमेत बनाइएको छ। “स्वदेश र विदेशमा बस्ने भक्तजनहरूको सहयोगबाटै मन्दिरको स्वरुप परिवर्तन सम्भव भएको हो,” अध्यक्ष ऐरले भने ।

करिब पाँच दशकअघि स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरेको मन्दिर पछिल्ला वर्षमा जीर्ण बनेको थियो। ढलान गरिएको छतको प्लास्टर उप्किएको, छाना चुहिने जस्ता समस्या देखिएको थियो। ती सबै संरचनाको मर्मत गरी पुनः रङरोगन गरेर मन्दिरलाई पुरानै स्वरुपमा फर्काइएको समितिले जनाएको छ।

मन्दिर जीर्णोद्धारका लागि श्रीकृष्ण सामुदायिक वनबाट रु पाँच लाख सहयोग प्राप्त भएको छ भने स्वदेश तथा विदेशमा रहेका चन्दादाताबाट सङ्कलित रु दुई लाखभन्दा बढी रकम खर्च गरिएको छ। विवाह गर्ने जोडीहरूबाट लिइने शुल्कबापत सङ्कलित रु ४५ हजारसमेत पुनर्निर्माणमा प्रयोग गरिएको अध्यक्ष ऐरले बताए ।

यसअघि संसदीय विकास कोषमार्फत मन्दिर परिसरमा रु १० लाख लागतमा यज्ञशाला र शौचालय निर्माण गरिएको थियो। हाल मन्दिरमा विवाह, व्रतबन्ध, पूजापाठ तथा रामनवमीलगायत धार्मिक कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन्। रामनवमीका अवसरमा यहाँ भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। मन्दिर परिसरमा १०८ शिवलिङ्गसहितको चक्रव्यूह, रामजानकीको मुख्य मन्दिर, यज्ञशाला, विवाहमण्डप, गोरखनाथ तथा शिवपार्वती मन्दिरसमेत रहेका छन्।

समितिका अनुसार केही निर्माण सामग्री उधारोमा खरिद गरिएकाले बाँकी रकम तिर्न ‘मुठ्ठीदान’ अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। अभियानबाट बचत हुने रकम विद्युत् वायरिङ तथा अन्य संरचना सुधारमा खर्च गर्ने योजना रहेको छ।

स्थानीय समाजसेवी चन्द्रबहादुर ऐरले मन्दिर सुधारपछि क्षेत्रको सौन्दर्य झन् बढेको बताए । मन्दिर क्षेत्रको जग्गा संरक्षणका लागि पर्खाल निर्माण आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारले समेत चासो दिनुपर्ने धारणा राखे ।

पुनर्निर्माणसँगै कलुवापुर क्षेत्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले आकर्षणको केन्द्र बन्दै गएको छ। साँझपख झिलिमिली बत्ती र फूलबारीले सजिएको मन्दिर परिसर अहिले भक्तजन मात्र नभई आन्तरिक पर्यटकका लागि समेत लोभलाग्दो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।