२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
अ अ+ अ-

काठमाडाैँ । कैलालीकाे टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन् । सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उनले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आएका हुन् ।

उनले त्यस क्षेत्रमा प्याजखेतीलाई प्राथमिकता दिएका छन् । उनको प्याजखेती निकै लोभलाग्दो छ । बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आएका उनले प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटरसमेत उत्पादन गरेका छन्। “बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ । प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ,” उनी भन्छन् , “खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ ।”

कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपास क्षेत्रमा आजभोलि हरियाली छ । ढुङ्गा नभएको बालुवा भएको क्षेत्रमा सानासाना प्लट बनाइएका छन् । जहाँ लहरै प्याजको खेती छ । वडा नं ८ फाँटागाउँका ५०–६० घरपरिवारले कर्णाली नदी किनार तथा टापुमा प्याजखेती गर्दै आएका छन् । बर्सेनि उक्त सङ्ख्या बढ्दै गएको देखिन्छ । बगरबाट बर्सेनि लगभग ७०० क्विन्टल बढी प्याज उत्पादन हुने गरेको छ । “एक परिवारले न्यूनतम पाँच–छ क्विन्टल प्याज उत्पादन गर्छन् । उत्पादन सोचेभन्दा राम्रो हुन्छ ।” स्थानीय सम्झनी चौधरी भन्छन्, “अहिले बगरमा खेती गर्ने किसानको सङ्ख्या पनि बढेको छ । पहिलेको भन्दा क्षेत्र पनि बढेको छ ।” उनले अन्य खेतबारीमा लगाएको प्याजभन्दा बगरमा गरेको प्याजको उत्पादन राम्रो हुने गरेको बताए ।

टीकापुर नगरपालिका–८ बटनपुरकी सम्पुर्नी चौधरीले पहिलोपटक नदीको टापुमा प्याजखेती गरेकी छन्। गत वर्ष अरुले खेती गरेको देखेर यसपटक पाँच केजी प्याज लगएकी उनी सोचेभन्दा राम्रो उत्पादन दिनेमा विश्वस्त छिन्। हरेक बिहान प्याज सिँचाइ गर्न पुग्नुहुने सम्पुर्नीलाई आजभोलि अलि बढी खेती गरेको भए हुने थियो भन्ने लागेको छ । “मैले अपेक्षा गरेभन्दा राम्रो गरी प्याज फस्टाएको छ । बालुवाभित्रको जमिन ओसिलो हुने हुँदा होला, घामपानीको मात्रा मिलेको देखिन्छ”, सम्पुर्नी भन्छिन्, “मैले घरमा लगाएको प्याजभन्दा राम्रो बगरको भएको छ ।”

बटनपुरकै पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याजखेती सुरु गरेका छन् । खेर गइरहेको बगरबाट उत्पादन हुन्छ भन्ने थाहा पाएपछि उहाँले आफूलाई घरका लागि चाहिने जति प्याज रोप्नुभएको छ । “मलाई बिक्री गरेर आम्दानी गर्नुभन्दा पनि आफूलाई वर्षभरि पुग्ने प्याज उत्पादन भए पुग्छ”, उनी भन्छन्, “बरु अर्को वर्ष बिक्री गर्नेगरी लगाउनुपर्ला ।” बगरमा नयाँ किसानले परीक्षण गर्न भन्दै प्याजखेती गर्ने गरेको भए पनि विगतदेखि खेती गर्दै आउनुभएका किसानले व्यावसायिक रूपमा नै बगरको सदुपयोग गर्दै आएका छन् । खेती गरेबापत कसैलाई केही दिन नपर्ने भएपछि किसानले झन् उत्साहित भएर खेती विस्तार गर्दै आएका छन् ।

अस्वाभाविक रूपमा बगरबाट आम्दानी गर्न थालेपछि त्यस क्षेत्रका नागरिकहरू निकै उत्साहित छन् । सामान्य मलखाद अनि कम मिहेनतले राम्रो आम्दानी हुने गरेको छ । वर्षात्को समयमा त्यहीँ कर्णाली नदीका कारण रातभर जाग्राम बस्ने वस्ती आजभोलि त्यहीँ कर्णाली नदीका बालुवाका फाँटको उत्पादनले वर्षात्को पीडा बिर्सने गरेका छन् । “वर्षात्को समयमा यहीँ कर्णालीको बेगले जतिबेला जे पनि हुनसक्छ भन्ने चिन्ताले सताउने गर्छ । हिउँदमा निदाएको कर्णालीले स्थानीयलाई राम्रो आम्दानी दिँदै आएको छ ।” स्थानीय बृहस्पति थरूनी भन्छन्, “किसान आजभोलि त्यो बर्खाको दुःख सम्झिँदैनन्, बर्खामा आजभोलि दिने उत्पादन बिर्सन्छन् ।”