१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत

मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत
अ अ+ अ-

कैलाली। कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण गरिएको छ । यहाँ ठूला ढुङ्गाको प्रयोग (बिगबोल्डर) गरी ६८० मिटर लामो तटबन्ध निर्माण गरिएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरले यहाँ तटबन्ध निर्माण गरेपछि वर्षाैंदेखि नदी कटानको त्रासमा रहेका नागरिकले राहत महसुस गरेका छन् ।

आयोजनाका इञ्जिनियर उत्तम सुवेदीले भ्याटसहित रु चार करोड ११ लाखको लागतमा तटबन्ध निर्माण गरिएको र यसले नदी कटान नियन्त्रणमा सघाउ पुगेको बताउनुभयो । यसअघि नदीको कटानले नेपाल–भारत सीमामा रहेको १०५ नम्बर सीमास्तम्भसमेत जोखिममा परेको थियो ।

तटबन्ध निर्माणपछि तटीय क्षेत्रमा बसोबास गर्ने दुई दर्जनभन्दा बढी परिवारले राहत महसुस गरेका स्थानीय खडग धामीले बताउनुभयो । “वर्षौंदेखि नदी कटानको जोखिम भोग्दै आएका थियौँ । बर्खायाममा कतिबेला घर बगाउने हो भन्ने त्रास हुन्थ्यो, सयाँै बिघा जमिन कटान गरेपछि कतिपय परिवार बिस्थापित भइसकेका छन् । अब त्यसबाट जोगिने आशा जागेको छ”, उहाँले भन्नुभयो ।

यहाँ कतिपय परिवारको हातमा लालपुर्जा छ, तर जमिन छैन । ती परिवारको खेतीयोग्य जमिन नदी तथा बगरमा परिणत भएको छ । धामीले भन्नुभयो, “यो तटबन्ध पाँच वर्षअघि निर्माण भएको भए धेरै परिवार विस्थापित हुनुपर्ने थिएन । यसबारे पटक पटक मन्त्रालय र नेताहरूलाई पनि भन्यौँ । अन्तिममा हाम्रो मागको सुनुवाइ भई तटबन्ध बनेको छ । यसले थप जोखिमबाट जोगिएका छौँ ।”

यहाँ गत आर्थिक वर्षको बजेटबाट तटबन्ध निर्माण गरिएको हो । स्थानीय रणसिंह धामीले तटबन्ध निर्माणपछि अब थप जोखिम नहुने आशा जागेको बताउनुभयो । “नदीले कटान गरेर दुःख दिइरहेको थियो, बर्खा लागेपछि त ढुक्क भएर निदाउन पनि पाइने अवस्था थिएन । तटबन्ध बनेपछि त्यसबाट राहत मिलेको छ”, उहाँले भन्नुभयो ।

पूर्वसांसद न्यौपानेले तटबन्ध निर्माणपछि मोहना नदीले कटान गरेर बर्सेनि दिँदै आएको पीडाबाट ठूलो राहत भएको बताउनुभयो । “बर्खायाममा मात्रै होइन, सुक्खायाममा पनि नदीले कटान गर्ने गरेको थियो, जनता त्रासमा थिए । हामी पनि यही क्षेत्रको प्रतिनिधि भएकामा तटबन्ध निर्माणका लागि निकै दबाबमा थियौँ”, उहाँले भन्नुभयो, “सबैको पहलपछि यहाँ तटबन्ध निर्माण भएको छ । सरकारले जनता पीडा र हाम्रो आवाजको सुनुवाइ गरेकामा खुसी लागेको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री डा रणबहादुर रावलले तटबन्धमा ढिलाइ हुँदा धेरैले जमिन गुमाएको र अब भने त्यो जोखिम नदोहोरिने विश्वास व्यक्त गर्नुभयो । “सरकारले कर्णाली र मोहना नदीमा तटबन्ध गरे पनि यहाँको केही भागमा बाँकी थियो, जसले गर्दा नदी छेउका धेरै नागरिकको जमिन कटान भयो । ढिलै भए पनि हामी सबैको पहलले समस्या समाधानका लागि तटबन्ध निर्माण भएको छ”, उहाँले भन्नुभयो ।

मोहना नदी कटानले नेपाली भूभाग भारततर्फ गएको छ । आफ्नो जमिन नदीपारि भारततर्फ गएपछि यहाँका नागरिकले त्यहाँ गएर खेतीपाती गर्न सकेका छैनन् । रासस