१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति

बैतडीमा दुई हजार ७० अस्थायी मतदाता कायम

बैतडीमा दुई हजार ७० अस्थायी मतदाता कायम
अ अ+ अ-

बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा दुई हजार बढी अस्थायी मतदाता कायम भएका छन् ।

यही फागुन २१ गते हुने निर्वाचनका लागि दुई हजार ७० अस्थायी मतदाता कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।

उनीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । अस्थायी मतदाताका लागि दशरथचन्द नगरपालिका–४ स्थित दशरथ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो ।

निर्वाचनमा खटिएका कर्मचारीको हकमा सम्बन्धित केन्द्रबाटै मतदान गर्नेछन् । निर्वाचनका लागि कूल एक हजार २८८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अस्थायी मतदातामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन सुरक्षामा खटिने प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, वृद्धा श्रममा रहेका व्यक्ति तथा कारागारमा रहेका थुनुवा र कैदीबन्दी समावेश गरिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२९ मतदानस्थल, एक अस्थायीसहित २१५ मतदान केन्द्र छन् । जिल्लामा कूल एक लाख ५६ हजार ३७२ जना मतदाता छन् । जसमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् । रासस