२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मात्र राष्ट्रवादी शक्ति भएको निष्कर्षसहित झापा–५ मा ३५ परिवार पार्टी प्रवेश



अ+ अ-

काठमाडाैँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत गौरीगञ्ज–३ ठेकटोलाका ३५ परिवार नेकपा (एमाले) मा प्रवेश गरेका छन्। करिब १२० जना सहभागी रहेको उक्त प्रवेश कार्यक्रमलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्।

नवप्रवेशीहरूले देशमा एमाले बाहेक अरू कुनै पनि राष्ट्रवादी शक्ति नरहेको निष्कर्षसहित आफूहरू पार्टीमा आबद्ध भएको बताएका छन्। उनीहरूले राष्ट्रियता, स्थिरता र विकासका मुद्दालाई अगाडि बढाउन एमाले नै सक्षम शक्ति भएको धारणा राखे।

निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाटमा सक्रिय देखिएका थिए। घरदैलो कार्यक्रममार्फत उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा सहयोगको अपिल गरेका छन्।

यसअघि पनि झापा–५ का विभिन्न टोलबाट राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य दल परित्याग गरी एक हजारभन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरिसकेको जनाइएको छ। चुनाव नजिकिँदै जाँदा झापा–५ मा दल परिवर्तनको क्रम तीव्र बन्दै गएको स्थानीय नेताहरूले बताएका छन्।