२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

रसुवामा गोसाइँद्वारधाम धमाधम निर्माण हुँदै

रसुवामा गोसाइँद्वारधाम धमाधम निर्माण हुँदै
अ अ+ अ-

 

काठमाडाैँ ।  सदरमुकाम धुन्चेबाट करिब दुई किलोमिटर पूर्व त्रिशूली खोलास्थित तिवारी बगरमा १०८ धारा जडित गोसाइँद्वारधाम निर्माण सुरु भएको छ ।

धुन्चे युवा समाजको सक्रियतामा गोसाइँकुण्डबाट आएको त्रिशूली खोलाको पानी तिवारी बगरमा बनाइने ढुङ्गेधारामा प्रवाह गरी धार्मिकस्थलका रूपमा विकास गर्न गोसाइँद्वारधाम निर्माण सुरू भएको हो ।

त्रिशूली खोला हुँदै गोसाइँकुण्ड जाने बाटोमा अवस्थित सानो गोसाइँकुण्डभन्दा केही तल जमिन सम्याउने काम करिब पूरा भएको, ललितपुरस्थित पाटनमा ढुङ्गाका १०८ वटा धारा बनाउने काम भइरहेको र आगामी जेठभित्र सम्पूर्ण निर्माण कार्य पूरा भई गोसाइँद्वारधाम सञ्चालनमा आउने समन्वयकर्ता सन्तोष घलेले जानकारी दिए।

नुवाकोट गेर्खु डाडागाउँका पुरोहित शिवराम होमनाथ घिमिरेका अनुसार पहिलो चरणको काम रु डेढ करोडको लगानीमा सम्पन्न हुने र दोस्रो चरणका कामका लागि थप रकम सङ्कलन गरिनेछ ।

उनले चन्दादाताद्वारा सङ्कलन हुने दानदक्षिणा र जनश्रमदानसहितको सहयोगबाट पहिलो चरणमा धारा निर्माण गर्ने र दोस्रो चरणअन्तर्गत धार्मिक ग्रन्थका आधारमा अन्य संरचना बनाउँदै लगिने जानकारी दिए।

गोसाइँकुण्ड क्षेत्र  विकास समितिका अध्यक्ष सञ्जीव डियामलधाम निर्माणअन्तर्गत गठित आर्थिक उपसमितिले लक्ष्यअनुसार आर्थिक सहयोग सङ्कलन गर्ने विश्वास व्यक्त गरे। समग्र हिन्दू, बौद्ध तथा शिवमार्गीको पवित्रस्थलका रूपमा निर्माण गरी धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित गराउने उद्देश्यले काम अघि बढाइएकाले निर्माणमा सहयोग गर्न उहाँले सबैलाई अनुरोध गरे ।