९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

देश जलाउनेलाई होइन देश बचाउनेलाई रोज्छन्ः अध्यक्ष ओली

देश जलाउनेलाई होइन देश  बचाउनेलाई रोज्छन्ः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौँ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने दाबी गर्नुभएको छ ।

झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताउनुभएको हो । उहाँले विकास गर्ने र विनाश गर्ने शक्तिबीचको फरक जनताले बुझिसकेको उल्लेख गर्नुभयो ।

देश बचाउने र विकास गर्ने शक्तिलाई अत्याधिक मतले जिताउन आग्रह गर्नुभयो । ओलीले दमक र आसपासका क्षेत्रमा भएको विकासको स्मरण गराउँदै विकासको यो गतिलाई निरन्तरता दिन सूर्य चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ अहिले कस्तो चलेको छ भने एउटा आकाशे हल्ला छ । एक दुई जना जनता अलिकति अल्मलिन्छ, अलिकति भ्रममा पर्छ । कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन । जनता अब बाठो भइसक्या छ । देखिसक्या छ । बुझिसक्या छ ।

जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन । त्यत्तिको बुझ्ने भइसक्या छ । जनता कसले विकास गर्छ, कसले आगो लाउँछ कसले देश बचाउँछ, कसले देश जलाउँछ यो कुरा थाहा पाइसकेको छ जनताले ।

त्यसर्थ देश जलाउनेलाई होइन देश बचाउनेलाई देश जलाउनेलाई होइन देशको विकास गर्नेलाई यस पल्टको निर्वाचनमा अझ बढी मतले जिताउनुपर्ने आवश्यकता परेको छ । हामी त्यस कुरामा सचेत छौँ भन्ने मैले ठानेको छु, मैले विश्वास गरेको छु ।’

अध्यक्ष ओलीले जनताले अब कसले विकास गर्छ र कसले आगो लगाउँछ भन्नेकुराको फैसला गर्ने बेला आएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल