२४ श्रावण २०८३, आईतवार
,
Latest
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन… प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो चरणमा शिखर पावरको आईपीओ आजदेखि खुला



अ+ अ-

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले दोस्रो चरणअन्तर्गत आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो।

निष्कासित सेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोष र ४४ हजार ४०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी सेयरमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत तथा ‘मेरो सेयर’ प्रणालीबाट अनलाइन दिन सकिनेछ। आईपीओ छिटोमा फागुन २६ र ढिलोमा चैत १ गतेसम्म खुला रहनेछ।

कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरिसकेको थियो। निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।