२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तुलित सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई पत्रकार महासङ्घ ललितपुरको आग्रह



अ+ अ-

ललितपुर। नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सत्यतथ्य र सन्तुलित सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

शाखाका अध्यक्ष रामहरि कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै आमनिर्वाचनलाई लोकतन्त्रको आधारस्तम्भ तथा नागरिकको सार्वभौम अधिकार प्रयोग गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै पत्रकारिता क्षेत्रका तर्फबाट पूर्ण सहयोग गर्न पत्रकार एवम् सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।

निर्वाचनका बेला सूचनाको महत्त्व र प्रभावकारिता अत्यन्त संवेदनशील हुने भएकाले पेसागत धर्म, मूल्यमान्यता तथा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) र निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको अक्षरशः पालना गर्न जिल्लाभर क्रियाशील सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।

रासस प्रतिनिधिलाई प्रतिक्रिया दिँदै अध्यक्ष कार्कीले भन्नुभयो, “हाम्रा कतिपय पत्रकारहरू दलको एकपक्षीय प्रचारप्रसारमा सहभागी भएका देखिन्छन् । यसले निर्वाचनको स्वच्छता र लोकतान्त्रिक आचरणमा प्रभाव पार्छ, स्वविवेक प्रयोग गरेर मतदान गर्न पाउने नागरिकको अधिकारलाई समेत कुण्ठित गर्छ । लोकतान्त्रिक आचारणमा नकारात्मक प्रभाव पार्छ, यो पत्रकार आचारसंहिता विपरीत छ, यस्तो नगर्न सबै सञ्चारकर्मीलाई महासङ्घले आग्रह गरेको छ ।”

सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषणले मात्र निर्वाचनको निष्पक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्दै महासङ्घले कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नउभिई वस्तुनिष्ठ सूचना सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको छ ।

त्यस्तै, नियोजित रूपमा फैलाइने भ्रम, अफवाह र भ्रामक सूचनाबाट सचेत रहँदै नागरिकको सही सूचना पाउने अधिकारको संरक्षणमा सञ्चारकर्मीको सक्रिय भूमिका आवश्यक रहेको विज्ञप्तिमा जनाइएको छ । महासङ्घले निर्वाचनको समयमा हुनसक्ने जोखिमबारे सचेत रहँदै आफ्नो सुरक्षाको समेत ख्याल गर्दै सन्तुलित र जिम्मेवार पत्रकारिता गर्न सम्पूर्ण सञ्चारकर्मीलाई अनुरोध गरेको हो ।