२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका बारेमा रविको चासो, सुरक्षा व्यवस्थाका लागि सरकारको ध्यानकर्षण

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका बारेमा रविको चासो, सुरक्षा व्यवस्थाका लागि सरकारको ध्यानकर्षण
अ अ+ अ-

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रम र नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा ध्यानकर्षण गराउनु भएको छ ।

सामाजिक संञ्जाल माफर्त सभापति लामिछानेले सरकारको ध्यानकर्षण गराउनु भएको हो ।

उहाँले लेख्नुभएको छ

मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र भू(राजनीतिक सन्तुलनका दृष्टिले यो परिस्थिति अत्यन्तै संवेदनशील छ। हामी सबै पक्षलाई अधिकतम संयमता अपनाउन र समस्याको समाधान संवाद एवं कुटनीतिक माध्यमबाट खोज्न अपिल गर्दछौं।

त्यस क्षेत्रमा विकसित घटनाक्रमले विशेषगरी युएई, कतार, बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ।

ती देशहरूमा लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको छ। सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दछौं।

नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा ध्यानाकर्षण गराउँदै इन्धनको आपूर्ति प्रणालीमा आउन सक्ने अवरोधले जनजीवन र अर्थतन्त्रमा पार्ने प्रभावबारे समेत बेलैमा सचेत रहन आग्रह गर्दछौं।