५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

सडक निर्माणमा मात्र तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च

सडक निर्माणमा मात्र तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च
अ+ अ-

नेपालगन्ज । नेपालगन्जमा दुई वर्षमा सडक निर्माणमा मात्र तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। यो बजेट हेर्दा विकास भनेकै सडक निर्माण भन्ने आभास हुन्छ । ६६ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण सम्पन्न हुँदै छ। पीपीसी सडक ४० किलोमिटरभन्दा बढी बनेको छ। माटो पटान, इँटा सोलिङ र ग्राभेल सडक २० किलोमिटर बनेको छ। सबै गरी नेपालगन्जमा एक सय २६ किलोमिटरभन्दा बढी बाटो बनिसकेको छ ।

नेपालगन्जमा दुई वर्षमा सडकमा छुट्ट्याइएको रकम विकट नरैनापुर गाउँपालिकाको सात आर्थिक वर्षको कुल बजेटभन्दा बढी हो। गाउँपालिकाको चालु वर्षको बजेट ४३ करोड छ । एसियाली विकास बैंकले एकीकृत सहरी विकास आयोजना सामुदायिक विकास कार्यक्रमको साना भौतिक पूर्वाधार निर्माणअन्तर्गत उपमहानगरमा सात करोड ११ लाख ७२ हजार रुपैयाँमा ८७ वटा बाटो (१० किलोमिटर) पीपीसी गरेको थियो। आयोजनाका इन्जिनियर मदन झा भन्छन्, ‘दसैंपछि ८४ वटा पीपीसीका लागि बजेट आयो।

अक्टोबरमा प्रक्रिया सुरु गरेर हामी डेढ महिनामै काम सम्पन्न गर्न सफल भयौं। बजेट बचेकाले तीनवटा योजना थपिए ।’ एडीबीले नेपालगन्जमा दुई वर्षमा कम्तीमा साढे दुई लाख रुपैयाँदेखि बढीमा १० लाख रुपैयाँ लागतमा एक सय १६ वटा सडक पीपीसी गरिसकेको छ। जुन १४ किलोमिटर हुन आउँछ। अघिल्लो वर्ष झन्डै तीन करोड रुपैयाँ लागतमा २९ वटा सडक (साढे तीन किलोमिटर) पीपीसी गरेको थियो । एडीबीले नेपालगन्जमा एक अर्ब ७३ करोड रुपैयाँ सडकमा लगानी गरेको छ।

एक अर्र्ब ६३ करोड रुपैयाँमा ३६ किलोमिटर सडक कालोपत्रे र पक्की नाली बनाउने काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका साइट इन्जिनियर शैलेन्द्र्र महर्जन भन्छन्, ‘अबको चार वर्षमा नेपालगन्जमा कालोेपत्रे गर्ने सडक भेटिने छैन ।’ आयोजनाले थप नौ किलोमिटर सडक कालोपत्रेका लागि एडीबीसँग माग गरेको छ। नगरमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले ३० किलोमिटर सडक कालोपत्रे गरिरहेको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर होमनाथ भुसालका अनुसार एक अर्ब २८ करोड लागतमा नगरमा १८ वटा योजनामा ३० किलोमिटर सडक कालोपत्रे भइरहेको छ।

जहाँ आवश्यकताअनुसार नाली पनि बन्दैछ। दुई वटा निर्माण कम्पनीले ठेक्का पाएका यी योजना गत मंसिरमा सम्पन्न गर्ने लक्ष्य थियो। ‘एउटाको ८० प्रतिशत र अर्कोको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। यही आर्थिक वर्षमै काम सम्पन्न भइसक्छ’, भुसाल भन्छन्, ‘नेपालगन्जमा विकास निर्माणले निकै गति लिएको छ ।’ संघीय सरकार र प्रदेश सरकारको ससर्त र अुनदानमा पनि सडक छुटेको छैन। संघीय सरकारले नेपालगन्जलाई तराई–मधेस समृद्धि कार्यक्रम र अनुदानअन्तर्गत सडकका लागि एक करोड ४७ लाख रुपैयाँ दिएको छ।

प्रदेश सरकारले ससर्त अनुदानमा २० लाख रुपैयाँ छुट्ट्याएको छ । संघीय र प्रदेशका सांसदले पनि नेपालगन्जको विकासका नाममा सडककै योजना बनाएका छन्। गत वर्ष प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायले जैसपुर जाने बाटोका लागि १९ लाख ९० हजार रुपैयाँ विनियोजन गरेका थिए ।प्रदेशसभा सदस्य सुरेन्द्र हमालले वडा नं। १० मा २० लाख रुपैयाँ र मोहम्मद याकुब अन्सारीले वडा नं। २० मनिकापुर राँझाका सडककै योजना बनाएर दिएका छन्। सांसद अन्सारीले भने, ‘मैले त कालोपत्रे गर्ने भनेर बजेट योजना बनाएर दिएको हुँ। अहिलेसम्म काम भएको छैन। सडक बनाउने चिह्न मात्र लगाएका छन् ।’

उपमहानगरले वडालाई विनियोजन गरेको रकममा पनि सडक नै प्राथमिकतामा परेको छ। उपमहानगरका वडाले यो बजेटबाट एक तिहाइभन्दा बढी रकम सडककै नाममा खर्चेका छन्। उपमहानगरले आव ०७५/७६ मा २२ करोड ७१ लाख र ०७६/७७ मा २९ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको थियो। यो रकममध्ये वडा कार्यालयले २१ करोड ३२ लाख रुपैयाँ त सडककै योजना बनाएका छन् । गत आवमा वडामा सडकका मात्र एक सय ९५ वटा र यस वर्ष एक सय ८३ वटा गरी दुई वर्षमा तीन सय ७८ वटा योजना बनेका छन्।

सडकमा बजेट विनियोजन गर्नेमा वडा नं। १० सबैभन्दा अगाडि छ। उसले गत वर्ष १४ योजनालाई ७७ लाख र यस वर्ष ११ योजनालाई एक करोड ५० हजार विनियोजन गरेको छ। वडा नंं। १६ ले गत वर्ष १९ योजनालाई ७३ लाख ७५ हजार र यस वर्ष १६ योजनालाई ६३ लाख बजेट राखेको छ । सडक र नालीमा पैसा विनियोजन नगर्ने कुनै वडै छैनन्। वडाको बजेटबाट अधिकांश सडक पीपीसी गरिएका छन्। इँटा सोलिङ, ग्राभेल र माटो पटान पनि गरिएको छ।

उपमहानगरको वार्षिक नगर विकास योजनामा वडाको सडक कति किलोमिटर बनाउने भन्ने उल्लेख नहुँदा यकिन तथ्यांक पत्ता लगाउन गाह्रो छ । उपमहानगरले नगरस्तरीय योजनामा सडक छोडेको छैन। मुख्य सडक सरसफाइका नाममा उपमहानगरको वार्षिक बजेट दुई करोड छ। क्रमागत योजना र आकस्मिक ग्राभेलिङका योजना जोड्दा दुई वर्ष अवधिमा तीन करोड सात लाख बजेट छ ।

‘विकास भनेको सडक जस्तो भएको छ। यति धेरै सडक बनाउँदा पनि जनताको माग सडक नै चाहियो भन्ने हुन्छ’, उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर भन्छिन्, ‘सडक कसरी सदुपयोग गर्ने र दिगो रुपमा संरक्षण कसरी गर्ने भन्नेमा कसैको ध्यान पुगेको छैन ।’ अन्नपुर्णपोष्ट दैनिकबाट