२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने

मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने
अ अ+ अ-

काठमाडाैँ । आइतबारदेखि मुस्ताङमा सुरु हुने थकालीहरुको सांस्कृतिक तोरन्ल पर्व निर्वाचन आचारसंहिता उल्लङ्घन नहुने गरी मर्यादित ढङ्गले मनाउन सहमति भएको छ । जिल्ला सुरक्षा समितिको पहलमा स्थानीय सरोकारवालासँग भएको बैठकमा तोरन्ल पर्वलाई निर्वाचन कार्यक्रममा असर नपुग्ने गरी मनाउन सहमति गरिएको हो ।

मुस्ताङमा थकाली समुदायहरुले तीन दिनसम्म सदियाँैकालदेखि चल्दै आइरहेको तोरन्ल पर्व हर्षोल्लासका साथ मनाउने प्रचलन छ । मुस्ताङका पाँच स्थानीय तहमध्ये थकाली समुदायहरुको बसोबास रहेको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकामा बर्सेनि तोरन्ल पर्व मनाउने प्रचलन छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा थकालीहरुको महान् पर्व तोरन्ल चाडपर्व परेकाले यसलाई व्यवस्थित रुपमा मनाउन आग्रह गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन्। धर्म, संस्कृति, परम्परा र मौलिकता यस क्षेत्रको जातीय पहिचान भएको भए पनि सम्मुख आइरहेको निर्वाचन कार्यक्रमलाई असर पुग्ने हो कि भनेर आवश्यक सजगता अपनाइएको प्रजिअ शर्माको भनाइ छ ।

“धर्म, संस्कृति र मौलिक चाडपर्व नमनाउनु भन्ने कुरा पनि भएन, तर चाडपर्वका नाममा निर्वाचन आचारसंहिता उल्लङ्घन नहोस् भन्ने हाम्रो मान्यता हो”, प्रजिअ शर्माले भनिन्, “हामीले उहाँको सांस्कृतिक पर्वलाई सम्मान गर्दछौँ । पर्व मनाउने क्रममा निर्वाचन बिथोल्ने कुनै अराजक गतिविधि नहोस् भन्ने हाम्रो मान्यता हो ।”

थकालीहरुको तोरन्ल पर्वलाई मर्यादित रुपमा भव्य र सम्भ रुपमा अनौपचारिक ढङ्गले मनाउन थासाङ र घरपझोङ गाउँपालिका क्षेत्रका सरोकारवाला निकायहरुसँग भद्र सहमति भएको प्रजिअ शर्माले उल्लेख गरिन्। प्रमुख जिल्ला अधिकारी शर्मासहित जिल्ला सुरक्षा समितिको टोलीले थासाङ र घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय गाउँ समाजसँग बैठक बसेर तोरन्ल पर्वलाई व्यवस्थित रुपमा मनाउन सहमति भएको हो ।

यसअघि निर्वाचनका कार्यक्रमलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिंता पालना गर्नेलगायत विषयमा जिल्लास्थित राजनीतिक दल र दलका प्रतिनिधिबीच सहमति भएको थियो । उक्त बैठकमा निर्वाचनको मिति अगावै तोरन्ल पर्व परेकाले त्यसलाई व्यवस्थित गर्नेलगायत विषयमा छलफल भइसकेको प्रजिअ शर्माको भनाइ छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने थकाली समुदायहरुको महानपर्व तोरन्ल तीन दिनसम्म मनाइने गरिन्छ । यस पर्वलाई मुख्य रुपमा पितृ पुजा प्रतीकको रुपमा लिने गरिएको छ । आफ्ना दिवङ्गत पितृहरुको सम्झना गर्दै पितृहरुको आत्माशान्ति र उद्धारका लागि थकाली संस्कृति र परम्पराअनुसार धार्मिक क्रियाकलाप गरिन्छ ।

फागु पूर्णिमा तिथिको अघिल्लो दिन र पछिल्लो दिन गरी तीन दिनसम्म मनाइने तोरन्ल पर्वमा थकाली समुदायहरुले मध्यरातमा उठेर पितृको सम्झना गर्दै चोखो पानी र खानेकुरा चढाएर पूजाअर्चना गर्ने प्रचलन छ । थकाली तोरन्ल पर्वमा देश विदेशमा रहेका थकालीहरु पर्व मनाउन थातथलो फर्कन्छन् । तोरन्ल पर्वमा छोरी ज्वाइ, भान्जाभान्जीलगायत आफन्तलाई बोलाएर स्वागत सत्कारका साथ पर्व मनाउने प्रचलन छ ।

तोरन्ल पर्वमा पुरुषले धनुषवाण (तारा) खेल र महिलाहरुले नाकाभोटे (कौडा) खेल खेलेर आपसमा रमाइलो गर्ने प्रचलन छ ।