२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

तनहुँको व्यासमा अपाङ्गता स्रोत कक्षा व्यवस्थापन चुनौतीपूर्ण, सुधारका योजना अघि

तनहुँको व्यासमा अपाङ्गता स्रोत कक्षा व्यवस्थापन चुनौतीपूर्ण, सुधारका योजना अघि
अ अ+ अ-

काठमाडाैँ । तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा सञ्चालित विद्यालय छन् । नगरभित्रका विभिन्न वडामा सञ्चालित विद्यालयमा अपाङ्गता स्रोत कक्षाहरु व्यवस्थापन तथा समायोजनमा चुनौती थपिएको छ ।

व्यास नगरपालिका–६ सिसाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक प्रकृतिका अपाङ्गता भएका १२ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । विद्यालयमा स्रोत शिक्षकको पदपूर्ति हुन सकेको छैन भने विद्यालयको छानो चुहिने समस्या रहेको विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले बताए । विद्यालयको कक्षाकोठा सुधार गरी स्थानान्तरण गर्ने योजना रहेको उनले बताए ।

व्यास नगरपालिका–५ स्थित साँगे शेराटारमा रहेको सिन्धु आधारभूत विद्यालय बौद्धिक अपाङ्गता स्रोत कक्षामा १८ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी आवासीय रूपमा अध्ययनरत छन् । विद्यालयमा पर्याप्तमात्रामा खेल मैदानको कमी हुँदा विद्यालय अगाडिको सडकमा विद्यार्थीलाई दुर्घटनाको जोखिम हुने गरेको छ ।

व्यास नगरपालिका–१३ स्थित सिद्धबेनी माध्यमिक विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा १६ जना विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् । स्रोत कक्षा हेरविचार गर्ने कर्मचारी नहुँदा स्रोत कक्षा व्यवस्थापनमा चुनौती रहेको विद्यालयका प्रधानाध्यापक रोदन थापाले बताए।

व्यास नगरपालिका–१ स्थित बुद्ध दाहाल बहिरा विद्यालयको बहिरा स्रोत कक्षामा २० जना बहिरा विद्यार्थी अध्ययनरत छन् । सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थीलाई साङ्केतिक भाषामार्फत निःशुल्क आवासीय शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कमला पौडेलले बताइन्

व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डिदेवी माध्यमिक विद्यालयमा दृष्टिसम्बन्धी अपाङ्गता भएका सात जना विद्यार्थी अध्ययनरत छन् । पाँच जना विद्यार्थी आवासीय रुपमा छन् भने दुई जना घरबाट आवतजावत गर्ने गर्छन् । स्रोत कक्षामा तनहुँ जिल्लाका विभिन्न वडाका दृष्टिसम्बन्धी अपाङ्गता बालबालिकालाई ब्रेललिपिमार्फत शिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलले जानकारी दिए ।

व्यास नगरपालिका–२ अमरापुरी जनसेवा प्राथमिक विद्यालयमा ११ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले विभिन्न वडामा छरिएर रहेका बौद्धिक प्रकृतिका अपाङ्गता भएका स्रोत कक्षालाई समायोजन गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सन्दर्भमा नगरप्रमुख वैकुण्ठ न्यौपानेसमक्ष प्रस्ताव राखिएको बताए ।उनले भने, “बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालय समायोजन गरेर पढाउन सकिए प्रभावकारी हुने थियो ।”

सो प्रस्तावबारे नगर प्रमुख न्यौपानेले बौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यालयको अनुकूल वातावरण मिलाइ आवासीय स्रोत कक्षाका पूर्वाधार निर्माण गर्ने सवालमा स्थलगत अध्ययन गरी एकीकृत स्रोत व्यवस्थापन गर्ने सवालमा आफू सकारात्मक रहेको बताए ।