२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

बागलुङको कालिका मन्दिरमा चैतेदसैँ मेलाकाे तयारी सुरू

बागलुङको कालिका मन्दिरमा चैतेदसैँ मेलाकाे तयारी सुरू
अ अ+ अ-

काठमाडाैँ । नेपालकै पुरानो मेलामध्ये एक मानिने चैतेदसैँको तयारी बागलुङ कालिका मन्दिरमा सुरु भएको छ। मन्दिरको ऐतिहासिक महत्वसँग जोडिएको मेलाको तयारी बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिले गरेको छ।

प्रत्येक वर्ष चैतेदसैँको अवसरमा कालिका मन्दिर परिसरमा ठूलो मेला लाग्ने परम्परा रहेको छ। यस वर्ष मेला आगामी चैत १० गतेदेखि १४ गतेसम्म आयोजना गरिने जानकारी बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले दिए ।

धार्मिक र पर्यटकीय गन्तव्यको रूपमा परिचित कालिका मन्दिर परिसरमा मन्दिर स्थापनाको डेढ–दुई सय वर्षपछि मेलाको परम्परा सुरु भएको हो। तीन सय वर्षभन्दा पुरानो बागलुङको चैतेदसैँ मेला परम्परागत रूपमा निरन्तर चलिरहेको अध्यक्ष खड्काले बताए।

मेलामा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुका स्टल राखिनेछन् भने लोकदोहोरी गीत, भलिबल प्रतियोगिता लगायतका सांस्कृतिक झाकीहरूको पनि आयोजना गरिनेछ।

अध्यक्ष खड्काले भने, “विसं १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गर्दा राजकुमारीले दाइजोका रूपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिरको स्थानमा विस्थापन गरिएको हो। भोलिपल्ट मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त स्थानमा मन्दिर स्थापना भयो। तबदेखि चैतेदसैँमा भक्तजनले स्थानीय उत्पादनको खरिद–बिक्री गर्दै मेला आयोजना गर्दै आएका छन्।”

बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने विश्वासका आधारमा हजारौँ खसी–बोका, राँगा तथा हाँस–कुखुराको बलि दिने प्रचलन छ। मेलामा करोडौँ रुपैयाँको कारोबार हुने गर्दछ। पहिले चैतेदसैँलाई वर्षभरि रकम जम्मा गरेर घरायसी सामग्री खरिद गर्ने प्रचलन थियो।

यस वर्षको मेलामा रु तीन लाख पुरस्कार राशिको कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता, रु एक लाख पुरस्कार राशिको खुला महिला भलिबल प्रतियोगिता, रु दुई लाख पुरस्कार राशिको राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, रथ यात्रा र रमाइलो मेला आयोजना गरिने छ।

कालिका भगवती मन्दिर तथा परम्परागत चैत्राष्टमी मेलालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, बागलुङको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य यस वर्षको मेलामा राखिएको छ।