२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
अ अ+ अ-

काठमाडाैँ । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ । सतप्रतिसतलाई खोप लगाउने लक्ष्य राखिएकामा यस वर्ष ९२ प्रतिशतलाई लगाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले आठ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य राखिएकामा पाठेघरको ९२ प्रतिशतलाई लगाइएको जानकारी दिए। “केही अपवादका रूपमा छुट्नुभएको होला तर हामीले एचपिभी खोप लगाउने कार्य सम्पन्न गरेका छौँ”, उनले भने ।

जनस्वास्थ्य अधिकृत गिरीका अनुसार कोहलपुर नगरपालिकामा एक हजार ७००, खजुरा गाउँपालिकामा एक हजार, जानकी गाउँपालिकामा ६७०, नरैनापुर गाउँपालिकामा ७३१ जनालाई पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । बैजनाथ गाउँपालिकामा ८८१, राप्तीसोनारी गाउँपालिकामा ५८०, नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ र डडुवा गाउँपालिकामा ४२६ जनालाई खोप लगाइएको छ । सबैभन्दा कम डुडुवा गाउँपालिका ४२६ र सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ जनालाई उक्त खोप लगाइएको उनले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने लक्ष्य राखिएको थियो । कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपका लागि निर्धारण लक्षित समूहका किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका, हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको थियो ।

खोपले एचपिभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने भएकाले यो सुरक्षित र प्रभावकारी रहेको जनस्वास्थ्य अधिकृत गिरीले बताउनुभयो । उहाँका अनुसार नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ । गत माघ २५ देखि यही फागुन ११ गतेसम्म एचपिभी खोप लगाइएको थियो । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई खोप लगाइएको थियो ।