७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे

स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्नुभएको छ ।

केही स्थानीय तहका जनप्रतिनिधिहरूले दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख गर्दै उहाँले उक्त कार्य आचारसंहिता विपरित भएको बताउनुभएको हो ।

उहाँले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रभित्र कुनैपनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार निर्वाचन आचारसंहिताको दफा ५ को (क) को देहाय ४ अनुसार स्थानीय तहका जनप्रतिनिधिले आफ्नो स्थानीय तहभित्र कुनैपनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने स्पष्ट उल्लेख छ । सो व्यवस्थाविपरीत क्रियाकलाप नगर्न आयोगले जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले स्वीकृत गरेको कार्यतालिका बमोजिम फागुन ४ गतेदेखि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने व्यवस्था छ ।

उहाँले भन्नुभयो, ‘फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचन आयोगले स्वीकृत गरेको कार्यतालिका बमोजिम फागनु ४ गतेदेखि १८ गतेको राती १२ वजेसम्म राजनीतिक दल र उम्मेद्वारहरुले निर्वाचनको प्रचारप्रसार गर्न पाउने अवधि रहेको छ । यो अवधीमा केही स्थानीय तहका जनप्रतिनिधिहरुले राजनीतिक दल र उम्मेद्वारहरुको प्रचारप्रसारमा आचारसंहिता विपरित सहभागिता जनाएको भन्ने गुनासाहरु निर्वाचन आयोगमा आएको हुनाले आयोगले यस विषयमा निर्णय गरेर कुनैपनि स्थानिय तहका निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो स्थानिय तहभित्रमा कुनैपनि राजनितिक दल वा उम्मेद्वारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुनु हुँदैन भन्ने व्यवस्था निर्वाचन आचारसंहिताको दफा ५ को (क) को देहाय ४ ले व्यवस्था गरेको छ । सो व्यवस्था विपरित निर्वाचन प्रचारप्रसारमा संलग्न नहुनको लागि त्यस्ता जनप्रतिनिधिहरुलाई आयोगले अनुरोध गरेको छ ।’

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाईका साथ पालना गर्न सबै पक्षलाई अनुरोध गरेको छ ।–