९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्रः विकास–समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्रः विकास–समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता
अ अ+ अ-

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदातालाई हस्तलिखित पत्रबाटै सम्बोधन गर्दै विकास–समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता जनाएका छन् । निर्वाचन क्षेत्रका मतदातालाई उनले आफ्नो तर्फबाट लिखित पत्र नै दिएर प्रचार अभियान थालेको एमाले नेता युवराज घिमिरेले जानकारी दिए ।

घरदैलो अभियानकै क्रममा मतदाताको नाम लेखेर उनले लिखित अपिलमार्फत विगतका उपलब्धि, वर्तमान जिम्मेवारी र आगामी योजनाबारे विस्तृत धारणा सार्वजनिक गरेर पारदर्शीता देखाउन खोजेको हुन् ।

निर्वाचन परिचालन कमिटीले यसको समन्वय गरेर सम्बन्धित व्यक्तिको नामै लेखेर पुराउने अभियान थालेको घिमिरेले जानकारी दिए । पत्रमा पौडेलले सम्पूर्ण मतदाता तथा परिवारजनप्रति सम्मान व्यक्त गर्दै स्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको कामना गरेका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई संविधान, लोकतन्त्र, राष्ट्रियता र विकासको दिशानिर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन् ।

उम्मेदवार पौडेलले विगतमा मतदाताबाट प्राप्त विश्वासका आधारमा आफू निर्वाचित भई अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणलाई गति दिने तथा महामारी र आर्थिक चुनौतीबीच पनि स्थायित्व कायम राख्ने प्रयास गरेको दाबी गरेका छन् । विशेषगरी भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दीपछिको आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ महामारीका बेला अर्थतन्त्र जोगाउने कार्यमा आफ्नो भूमिका रहेको उनले स्मरण गरेका छन् ।

रूपन्देहीलाई केवल भौगोलिक क्षेत्र नभई सम्भावनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित ठूला पूर्वाधार आयोजना अघि बढाइएको पत्रमा उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया व्यापारिक करिडोर, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थल लगायत आयोजना क्षेत्रको पहिचान बनेको उनको भनाइ छ । त्यस्तै, लुम्बिनी गुरुयोजना, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, प्रादेशिक अस्पताल, कृषि थोक बजार, सिद्धार्थ राजमार्ग स्तरोन्नति, बुटवल–नारायणगढ सडक विस्तार, पुल तथा करिडोर निर्माणजस्ता आयोजनाले समग्र क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्‍याएको उनले उल्लेख गरेका छन् ।

उनले अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रमा उनले सुरु भइसकेका तर अपूरा रहेका आयोजना छिटो सम्पन्न गर्ने, नयाँ योजनाको थालनी गर्ने, औद्योगिक विकास विस्तार गर्ने तथा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् । शिक्षा, स्वास्थ्य, उत्पादन र आयआर्जनका क्षेत्रमा रूपन्देहीलाई अग्रणी केन्द्र बनाउने योजना पनि अघि सारेका छन् ।

त्यसैगरी पौडेलले विकासलाई सामाजिक न्यायसँग जोड्दै समान अवसर, समावेशी सहभागिता र आत्मसम्मानसहितको समाज निर्माणमा जोड दिने उल्लेख गरेका छन् । सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो कार्यशैलीको मूल आधार बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
उनले मतदातासँग पुनः समर्थनको अपिल आफूले अघि बढाएको विकास र समृद्धिको अभियानलाई निष्कर्षमा पुर्‍याउन पुनः जनसमर्थन आवश्यक रहेको भन्दै सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् । राष्ट्र निर्माण, आर्थिक रूपान्तरण र क्षेत्रीय समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

उनी आबद्ध दल नेकपा एमालेले पनि रूपन्देही–२ मा विकास निरन्तरताका आधारमा चुनावी अभियान तीव्र बनाएको जनाएको छ ।

समग्रमा पौडेलको प्रतिबद्धता पत्र विगतका उपलब्धि संस्थागत गर्ने, अधुरा आयोजना पूरा गर्ने र रूपन्देहीलाई राष्ट्रिय आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन विकास दृष्टिसहित केन्द्रित देखिएको पत्र पाएको मतदाता काव्या थापा बताउँछिन् । अब मतदाताले उनको कार्यसम्पादन मूल्यांकन गर्दै पुनः जिम्मेवारी सुम्पिन यो पत्रले थप प्रष्ट भएको उनको भनाइ छ । ‘सामाजिक सन्जालमा केही भ्रम आइरहेका थिए, यसमा उहाँले उल्लेख गरेका योजनाको विषयले कतै सोच्न नपर्ने बनायो’ उनले भनिन् ।

रुपन्देही २ मा पौडेलले ०६४ सालदेखि लगातार जित्दै आएका छन् ।