२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐरीको अर्धशतकमा स्कटल्याण्डविरुद्ध नेपालको जित



अ+ अ-

काठमाडौँ, ५ फागुनः आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो । नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो । यसअघि सन् २०१४ मा बङलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।

स्कटल्याण्डले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रन जोडे । त्यस्तै गुल्सन झाले अविजित २४ रन जोडे ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए भने ओपनर आसिफ शेखले २७ बलमा २ छक्का प्रहार गर्दै ३३ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन जोडे ।

बलिङमा स्कटल्याण्डका माइकल लिस्कले तीन विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे । उनले ४५ बलमा आठ चौका र ३ छक्काको सहयोगमा ७१ रनको योगदान दिए । जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । रोहित पौडेल र कुशल भुर्तेलले समान १÷१ विकेट झारेका थिए ।रासस