५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

उपसभामुख तुम्बाहाङफेको चेतावनी: राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने

उपसभामुख तुम्बाहाङफेको चेतावनी: राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने
अ+ अ-

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्।रिक्त सभामुख पद आफूलाई दिने निर्णय नगरी पार्टीले उपसभामुखबाट राजीनामा मागेपछि तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी हुन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी दिनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार उपसभामुखलाई यथावत् राखेर सभामुख पदमा उम्मेदवारी दिन नमिल्ने तर्कसहित नेकपाले तुम्बाहाङफेको राजीनामा मागेको जनाएको छ। सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ। ‘म राजीनामा दिन्न, भोलि (आइतबार) को संसद् बैठक सञ्चालन गर्छु’, तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्। ‘सभामुख पदमा उम्मेदवारी दिन उपसभामुखलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय भयो’, सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

यद्यपि, नेकपाले सभामुख कसलाई बनाउने भन्ने निर्णय गरेको छैन। प्रधानमन्त्रीबिनाको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली भने अनुपस्थित थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा माग्ने र सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली भने बैठकमा अनुपस्थित थिए।

‘तपाईंहरू सल्लाह नै गरिरहनुभएको छ नि, मिटिङ राख्नुहोस्, सल्लाह गर्नुहोस्। म रेस्टमा हुन्छु’, प्रधानमन्त्री ओलीले बैठकअघि नेताहरूलाई भनेका थिए। शनिबार मिर्गौला डायलासिस गरेपछि प्रधानमन्त्री ‘रेस्ट’ मा रहेका बेला सचिवालय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पार्टीले राजीनामा माग्ने कुरा अनौठो नभएको तुम्बाहाङफेले बताइन्। ‘राजीनामा माग्ने कुरा नियमित प्रक्रिया हो।

दलहरू प्रक्रियामा अघि बढ्छन्, मेरो राजीनामा मागिएको विषय मलाई थाहा छैन’, तुम्बाहाङफेले भनिन्। संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार तय नगर्दा संसद् बैठक झन्डै एक महिनादेखि अवरुद्ध छ। पुस ४ गते संसद् अधिवेशनको पहिलो दिन औपचारिक पूरा गर्नुबाहेक संसद्का बैठक तीन पटक सूचना टाँसेर स्थगन गरिएका छन्। संसद्को बैठक आइतबार बोलाइएको छ।

राजीनामा नदिए के हुन्छ ? तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाए सत्तासीन नेकपा संवेैधानिक संकटमा पर्ने देखिन्छ। ‘संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीलाई म बैठकमा अगाडि बढाउँछु’, तुम्बाहाङफेले भनिन्। सचिवालयले सभामुख निर्वाचनको मिति तोक्ने सम्भावित कार्यसूची बनाएको छ। तर, तुम्बाहाङफेले राजीनामा नदिई सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउँदा संवैधानिक व्यवस्थाअनुसार नेकपाले सभामुख पद गुमाउने नेकपाकै नेताहरू बताउँछन्।

‘उहाँले राजीनामा नदिई प्रक्रिया अगाडि बढाए नेकपाले सभामुख पद गुमाउनुपर्छ’, नेकपाका प्रमुख सचेतक देव गुरुङले भने। पार्टी अध्यक्षद्वय ओली र दाहालसँग शुक्रबार भएको संयुक्त छलफलमा उपसभामुख तुम्बाहाङफेले आफूलाई सभामुख नबनाए संसद् सञ्चालन गर्ने चेतावनी दिएकी थिइन्। त्यसक्रममा तुम्बाहाङफेले सभामुख आफूलाई बनाए मात्र राजीनामा दिने, नभए आफूले संसद्को प्रक्रिया अगाडि बढाउने र त्यस्तो अवस्थामा महाभियोग लगाए पनि सामना गर्ने चेतावनी दिएकी थिइन्।

तुम्बाहाङफेको ‘चेतावनी’ पछि दुवै अध्यक्षले उपसभामुखले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढ्न सक्ने÷नसक्नेबारे पूर्वसभामुख सुवास नेम्बाङलाई फोन गरेर राय मागेका थिए। नेम्बाङले उपसभामुखले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढाउँदा नेकपाले सभामुखमा दाबी गर्न नमिल्ने सुझाव दिएका थिए। त्यसपछि दुवै अध्यक्षले उपसभामुखलाई राजीनामा गर्न आग्रह गरेका थिए।

राजीनामामा पूर्वमाओवादीको जोड: उपसभामुखले राजीनामा दिएर सभामुख निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्नेमा पूर्वमाओवादीका नेताहरूको जोड छ। प्रधानमन्त्री ओली भने सभामुख टुंगो लागेसँगै उपसभामुखलाई राजीनामा गराउने पक्षमा थिए। तर, उपसभामुखले राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन अप्ठ्यारो पर्ने भन्दै पूर्वमाओवादीका नेताहरू उपसभामुखको राजीनामामा जोड दिने गरेका थिए।

प्रधानमन्त्री ओली अनुपस्थित बैठकले आफ्नो राजीनामा मागेपछि उपसभामुख तुम्बाहाङफे ‘क्रुद्ध’ बनेको स्रोतले बतायो। ‘उपसभामुखले राजीनामा दिन्न भन्नुको प्रमुख कारण नै प्रधानमन्त्री नभएको बैठकले राजीनामा मागेकाले पनि हो कि रु ’ प्रधानमन्त्री ओलीनिकट एक नेताले भने।

भैंसपाटी बैठकको प्रभाव: शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुनुको प्रमुख कारण, भैंसेपाटीको गोप्य बैठक रहेको नेताहरूले बताएका छन्। केही दिनअघि सचिवालय सदस्य वामदेव गौतमको निवास भैंसेपाटीमा अध्यक्ष दाहाललगायत ६ जना नेताको गोप्य बैठक बसेको थियो। उक्त बैठकले अमेरिकी मिलेनियम कर्पोरेसन (एमसीसी), संविधान संशोधन र सभामुख निर्वाचन प्रक्रियाबारे छलफल गरेको थियो।

‘सँगै घर जोडिएका महासचिव विष्णु पौडेललाई समेत जानकारी नदिई गोप्य बैठक गर्नेहरूले पार्टीको पद्धति बिगारेपछि प्रधानमन्त्री नरिसाउने कुरै भएन नि’, ओलीनिकट एक केन्द्रीय सदस्यले भने।

राजीनामा दिन निर्देशन:यसअघि सत्तारुढ दल नेकपाले उपसभामुख तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। पार्टी एकता पूर्वतत्कालीन नेकपा एमालेका तर्फबाट उपसभामुख निर्वाचित तुम्बाहाङफेलाई राजीनामा गराई रिक्त सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको हो। प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिई सभामुखमा पार्टीका तर्फवाट उम्मेदवारी दिनका लागि सहज वातावरण निर्माणका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

तुम्बाहाङफेले राजीनामा नगर्दासम्म नेकपालाई सभामुखमा उम्मेदवारी दिने वैधानिक बाटो मिल्दैन। ‘अब पार्टीको निर्णयपछि उहाँले सहज बाटो खोल्नुहुनेछ’ प्रवक्ता श्रेष्ठले भने। नेकपामा सभामुखका लागि उपसभामुख तुम्बाहाङफे, सुवास नेम्बाङ, अग्नि सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। सभामुखका लागि दुई अध्यक्षबीच कुरा मिलेको छैन।

प्रधानमन्त्री ओली पहिलो विकल्पमा नेम्बाङ, उनी नभए तुम्बाहाङफेको पक्षमा छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने पूर्वमाओवादी धारलाई नै सभामुख दिनुपर्ने अडानमा छन्। अन्नपुर्णपोष्ट दैनिकबाट