१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

फलाम उत्खननको तयारी अन्तिम चरणमा

फलाम उत्खननको तयारी अन्तिम चरणमा
अ अ+ अ-

काठमाडौं । नवलपरासीमा भेटिएको फलामखानिबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव याम कुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताउनुभयो । फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी कडा गरिएको उहाँले बताउनुभयो । ‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ । डिपोजिट पर्याप्त मात्रामा छ भन्नेपनि आइसकेको र नमुना परीक्षणपनि सफलताका साथ भइसकेको छ । अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ । उत्खनन र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ’, उहाँले भन्नुभयो ।

सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको छ । ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायीक रुपमा थाहा हुने उहाँले बताउनुभयो । दैलेखम मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धि काम भइरहेको मन्त्रालयले जनाएको छ ।