१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकर्मा बाबाको नाममा टिपर चालकले खाए सपथ



अ+ अ-

काभ्रे । सडक दुर्घटना न्यूनिकरण गर्नका लागि टिपर चालकले काभ्रेमा टिपर चालकले सपथ खाएका छन्। सोमबार काभ्रेमा करिब ५० जना टिपर चालकले दुर्घटना न्यूनिकरण गर्न विश्वकर्मा बाबाको नाममा सपथ लिएका हुन्।

टिपर चालकहरूलाई ट्राफिक इन्स्पेक्टर विशाल तामाङसमक्ष सपथ खाएका हुन्। सोमबार र मंगलबार गरी करिब एक हजार टिपर चालकलाई सपथ खुवाउने कार्यक्रम रहेको बनेपा ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर तामाङले जानकारी दिए।

‘ट्राफिक दुर्घटना न्यूनिकरण र भिजिट नेपाल २०२० को प्रचारका लागि हामीले यस्तो कार्यक्रम आयोजना गरेका हौं,’ बाग्मती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामाले भने,‘पहिले हामीले बन्द कोठामा दुर्घटनासम्बन्धीको कार्यक्रम गर्ने गरेका थियौं यसपालि नयाँ तरिकाले गर्न खोजेका हौं।’

चालकहरूले विश्वकर्मा भगवानको नाममा सबै ट्राफिक नियमको पालना गर्छु भन्दै सपथ खाएको अध्यक्ष लामाले भने।

यस्तो छ टिपर चालकले खाएको शपथको व्यहोरा