१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गर्न खोजियो: केपी ओली



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नु पर्ने बताउनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत ओलीले बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नु पर्ने जनाउनु भएको छ ।

उहाँले एमालेका उम्मेदवार र प्रचारकहरुलाई एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत भएकोले प्रश्नहरुको सामाना गरेर अघि बढ्न सुझाब दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ

देशभर चुनावी मैदानमा खडा भएका हाम्रो पार्टी नेकपा (एमाले)का उम्मेदवार र प्रचारक साथीहरूलाई मेरो आग्रह छ-

मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस्। उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस्।

किनकि एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो।

परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नु पर्छ। बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नु पर्छ। मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्याएर मतदान गर्ने अवसर दिनु पर्छ।

‘साइको थ्रेट’ले भन्छ- चुपचाप छाप।

स्वस्थ निर्वाचन संस्कृतिले भन्छ- आँखा जुधाएर विमर्श र निर्णय।

त्यसैले हाम्रो आह्वान-

चुपचाप छाप होइन, सोचीविचारी छाप।

आँखा खोलेर भविष्य निर्माण।