६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जान्छौँ– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।

“व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वनय गएन भने आन्दोलनमा जाने अवस्था आउनसक्छ”, विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हामी एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयन होस् भन्ने हामी चाहन्छौँ ।” व्याख्यात्मक घोषणा एमसीसीकै अङ्ग भएको उहाँको जिकिर थियो । व्याख्यात्मक घोषणालाई अवमूल्यन गर्न खोजिए त्यसविरुद्ध आन्दोलन गर्न बाध्य हुने उहाँको भनाइ थियो ।

स्थानीय निकायको निर्वाचनपछि एमसीसीको विषयमा देखिएको विवादबारे छलफल हुने पार्टीमा सहमति भएको उहाँले बताउनुभयो । एकमत भएर सिङ्गो पार्टी निर्वाचनमा जाने कुरा भएको भन्दै अध्यक्ष प्रचण्डले राजनीतिक लेनदेनका आधारमा चुनावी तालमेल पनि हुनेसक्ने बताउनुभयो । सत्ता साझेदार दलहरुबीच नै निर्वाचनमा गठबन्धन हुनेसक्ने उहाँको भनाइ थियो ।