४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जान्छौँ– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।

“व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वनय गएन भने आन्दोलनमा जाने अवस्था आउनसक्छ”, विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हामी एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयन होस् भन्ने हामी चाहन्छौँ ।” व्याख्यात्मक घोषणा एमसीसीकै अङ्ग भएको उहाँको जिकिर थियो । व्याख्यात्मक घोषणालाई अवमूल्यन गर्न खोजिए त्यसविरुद्ध आन्दोलन गर्न बाध्य हुने उहाँको भनाइ थियो ।

स्थानीय निकायको निर्वाचनपछि एमसीसीको विषयमा देखिएको विवादबारे छलफल हुने पार्टीमा सहमति भएको उहाँले बताउनुभयो । एकमत भएर सिङ्गो पार्टी निर्वाचनमा जाने कुरा भएको भन्दै अध्यक्ष प्रचण्डले राजनीतिक लेनदेनका आधारमा चुनावी तालमेल पनि हुनेसक्ने बताउनुभयो । सत्ता साझेदार दलहरुबीच नै निर्वाचनमा गठबन्धन हुनेसक्ने उहाँको भनाइ थियो ।