१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ नियम कानुन बनाउँदा सरोकारवालाको परामर्श लिइयोस– उपाध्यक्ष ढकाल



अ+ अ-

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न सकियो भने यस्ता नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने र यसले देशमा व्यावसायिक विकासका लागि पनि ठूलो सहयोग पुर्याउने बताउनुभएको छ ।

नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भन्नुभयो– यी तीनै तहका सरकारहरुले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गर्न सकिएमा यसले सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो हुनेछ, राष्ट्रिय समृद्धिमा पनि सहयोग पुग्ने छ ।

उहाँले भन्नुभयो– सरोकारवालाहरुको सामान्य परामर्श मात्र लिने काम भयो भने पनि यसले उनीहरुका व्यावसायिक अप्ठेराहरु सुल्झाउन सहयोग नै गर्नेछ र आफ्नो परामर्शमा निर्माण भएका यस्ता नियमहरुको कार्यान्वयन गर्न वास्तवमा व्यावसायीहरु आफै पनि लाग्नेछन् ।

नेपाल निर्माण व्यावसायी महासंघको २१ औँ साधारण सभालाई आज भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि नै हो र त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण हो– ढकालले भन्नुभयो ।

पूर्वाधार निर्माणका लागि महत्वपूर्ण पक्ष भनेको देशका निर्माण व्यवसायीहरु हुन् भन्दै उहाँले देश निर्माणका निमित्त निर्माण व्यावसायीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । 

सरकारी निकायहरु तथा विगतदेखि कार्यान्वयनमा रहेका नियमहरुका कारण कतिपय अवस्थामा निर्माण व्यावसायीहरुलाई पनि असहज बनाएको अवस्था पनि विद्यमान रहेकोतर्फ सरोकारवाला निकायले सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँको भनाई थियो– जस्तै भनौँ न निर्माण क्षेत्रमा रुख काट्ने काम होस् या इआइएकै होस् अथवा सामान्य रुपमा भन्दा एउटा विजुलीका पोल सार्ने जस्तो सानो काम नै किन नहोस् यसले पनि उहाँहरुलाई अप्ठेरो पारेको देखिन्छ र यस्ता सानातिना झमेलाहरुले पछि गएर समयमा काम नसक्ने अवस्थाको सिर्जना गरेको हुन्छ ।

यसरी निर्माण व्यावसायीहरुले मात्र समयमा काम नसकेको दोष उहाँहरुलाई लाग्ने गरेको छ तर पनि यस्ता प्रक्रियागत कारणहरुले उहाँहरुलाई ढिला गराइरहेको गुनासाहरु सुन्ने गरिएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ– उहाँले भन्नुभयो ।

उपाध्यक्ष ढकालले कार्यक्रमका प्रमुख अतिथि रहनुभएका उपप्रधानमन्त्री इश्वर पोखरेलको ध्यानाकर्षण गराउँदै भन्नुभयो–  यस संघ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघको एक सक्रिय सदस्यका हैसियतले म उपप्रधानमन्त्रीज्यूलाई यो आग्रह गर्न चाहन्छु कि काम थाल्नुअघिका जतिपनि प्रक्रियागत कुराहरु छन् ती सबै निर्माणमैत्री बनाउन राज्यको ध्यान पुगोस् ।

उपाध्यक्ष ढकालले नेपालका निर्माण व्यावसायीहरुको व्यावसायिक हक हितको संरक्षण र सम्बद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सदा नेपाल निर्माण व्यावसायी महासंघको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।