१८ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेडद्वारा टोटेनह्याम पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा क्रिस्टियन रोमेरो रातो कार्ड पाएसँगै लर्बराएको टोटेनह्याम हस्पर म्यान्चेस्टर युनाइटेडसँग २–० गोल अन्तरले पराजित भएको छ ।

यो जितसँगै युनाइटेडले २४ खेलबाट ४४ अंक सहित चौथो स्थानमा आफ्नो स्थान बलियो बनाएको छ । आजको खेलमा ३८औं मिनेटमा ब्रायन बुमो तथा ८१औं मिनेटमा ब्रुनो फर्नान्डेजले सुन्दर गोल गरेका थिए ।

पहिलो हाफको ३० मिनेटसम्म टोटेनह्यामले युनाइटेडसँग निकै प्रतिस्पर्धात्मक खेल खेलेपनि रोमारियोले रातो कार्ड पाएपछि टिम तिब्र दबाबमा परेको थियो ।

करिब ६४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको युनाइटेडले टोटेनह्यामको पोस्टमा कम्तीमा २३ पटक सट प्रहार गरेको थियो भने टोटेनह्यामले युनाइटेडको पोस्टमा ५ पटक मात्र प्रहार गरेको थियो ।

युनाइटेडले खेलेका पछिल्ला पाँच खेलमा चार जित र एकमा बराबरी गरेको छ । टोटेनह्याम भने पछिल्ला पाँच खेलमा तीन हार र दुईमा बराबरी गरेको छ । यही कारण टोटेनह्यामका प्रमुख प्रशिक्षकको पद धरापमा परेको छ ।