१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना



अ+ अ-

तनहुँ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना लागू गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चुहावट बढ्दै गएपछि न्यूनीकरणको प्रयास थालेको वितरण केन्दले जनाएको छ । विद्युत् चुहावट हुने सम्भावित क्षेत्रको पहिचान गर्दै जनचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । गत आर्थिक वर्षको तुलनामा आव ०७५/०७६ मा ७.५३ प्रतिशत विद्युत् चुहावटमा कमी ल्याउनसमेत केन्द्र सफल भएको छ ।

केन्द्रका सहायक प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर कुँवरले विद्युत् चुहावटमा कम कार्ययोजना लागू गरेको जानकारी दिए । उनले भने, “हुकिङ गरी विद्युत् चोर्ने, रुखमा छोइनेजस्ता कार्यले गर्दा विद्युत् चुहावट हुने गरेको छ ।” हुकिङ गरी विद्युत् चोरी गर्नेलाई निरुत्साहित गर्दै विद्युत् चुहावट हुने रुख, बिरुवा कटानी गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेर हटाउन लागिएको छ ।
तनहुँमा कूल ३६ हजार २२३ ग्राहक सङ्ख्या रहेका छन् ।

कार्यालयले ३३ केभी लाइनबाट ३३.४९,११ केभी लाइनबाट ४६८.१ र एलटी लाइनबाट १२६१.६ विद्युत् परिमाण उत्पादन हुँदै आएको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको ३१५ र निजी ८२ थान ट्रान्सफर्मर जडान गरिएको छ ।