१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय स्तरीय प्रथम विज्ञान प्रविधि तथा कला प्रदर्शनी



अ+ अ-

भद्रपुर । दक्षिणी झापाको कचनकवलमा विद्यालय स्तरीय प्रथम विज्ञान प्रविधि तथा कला प्रदर्शनी सम्पन्न गरिएको छ ।

कचनकवल गाउँ पालिकाको युवा खेलकुद तथा शिक्षा शाखाको आयोजनामा गाउँ पालिका भरीका विद्यालयका बाल बालिकाले तथार पारेका विभिन्न विज्ञान, प्रविधि र कलात्मक सामग्रीको प्रदर्शन गरिएको हो ।

प्रथम विज्ञान प्रविधि तथा कला प्रदर्शनी नाम दिइएको कार्यक्रमको उद्घाटन संघीय संसद राजेन्द्रप्रसाद लिङ्देनले युवा वैज्ञानिक अनिल प्रधानले तयार पारेको ड्रोन उडाएर फूल वर्षा गराइ उद्घाटन गरेका थिए । प्रदर्शनीमा गाउँ पालिका भित्रका ५० वटा विद्यालयका विद्यार्थीहरूले तयार पारेका विज्ञान, प्रविधि तथा कलाका विभिन्न सामग्री प्रदर्शन गरिएको थियो । अवलोकनका लागि हजारौं विद्यार्थी तथा अभिभावक, शिक्षक लगायतको उपस्थिति थियो । लक्ष्मी मावि परिसरमा सम्पन्न प्रदर्शनीमा सहभागी विद्यार्थी, अभिभावक, शिक्षकहरूले व्यवहारिक शिक्षाका लागि प्रदर्शनी फलदायी भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

गाउँ पालिका अध्यक्ष अञ्जार आलमको अध्यक्षता तथा संघीय संसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा सम्बोधन गदैं संसद लिङ्देनले भौतिक संरचनाको विकासले मात्र परिवर्तन नहुँने भन्दै व्यवहारिक शिक्षाका लागि विज्ञान र प्रविधिमैत्री वातावरण आवश्यक रहेको धारणा राखे । उनले शिक्षा वेरोजगार जन्माउने कारक बन्नु नहुँने भन्दै प्रविधिका लागि शिक्षणको विकल्प नहुने प्रष्ट्याए । कार्यक्रममा बोलदै लिङ्देनले विपन्न भनिएको कचनकवल सम्पन्नताको बाटोमा लागिसकेको समेत धारणा राखेका थिए ।

यसैगरी प्रदेशसभा सदस्य बसन्तकुमार बानियाले कार्यक्रमलाई सम्बोधन गर्दै भविष्यका नेतृत्वकर्ता विद्यार्थी मैत्री शिक्षाका लागि प्राविधिक तथा व्यवसायिक पक्ष आवश्यकता रहेको धारणा राखे । उनले प्रदेश सरकारको नीति नै व्यवसायिक शिक्षाको विकास रहेको भन्दै विज्ञान र प्रविधिमैत्री शिक्षणमा सहयोग गर्न तयार रहेको स्पष्ट पारेका थिए ।