१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय स्तरीय प्रथम विज्ञान प्रविधि तथा कला प्रदर्शनी



अ+ अ-

भद्रपुर । दक्षिणी झापाको कचनकवलमा विद्यालय स्तरीय प्रथम विज्ञान प्रविधि तथा कला प्रदर्शनी सम्पन्न गरिएको छ ।

कचनकवल गाउँ पालिकाको युवा खेलकुद तथा शिक्षा शाखाको आयोजनामा गाउँ पालिका भरीका विद्यालयका बाल बालिकाले तथार पारेका विभिन्न विज्ञान, प्रविधि र कलात्मक सामग्रीको प्रदर्शन गरिएको हो ।

प्रथम विज्ञान प्रविधि तथा कला प्रदर्शनी नाम दिइएको कार्यक्रमको उद्घाटन संघीय संसद राजेन्द्रप्रसाद लिङ्देनले युवा वैज्ञानिक अनिल प्रधानले तयार पारेको ड्रोन उडाएर फूल वर्षा गराइ उद्घाटन गरेका थिए । प्रदर्शनीमा गाउँ पालिका भित्रका ५० वटा विद्यालयका विद्यार्थीहरूले तयार पारेका विज्ञान, प्रविधि तथा कलाका विभिन्न सामग्री प्रदर्शन गरिएको थियो । अवलोकनका लागि हजारौं विद्यार्थी तथा अभिभावक, शिक्षक लगायतको उपस्थिति थियो । लक्ष्मी मावि परिसरमा सम्पन्न प्रदर्शनीमा सहभागी विद्यार्थी, अभिभावक, शिक्षकहरूले व्यवहारिक शिक्षाका लागि प्रदर्शनी फलदायी भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

गाउँ पालिका अध्यक्ष अञ्जार आलमको अध्यक्षता तथा संघीय संसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा सम्बोधन गदैं संसद लिङ्देनले भौतिक संरचनाको विकासले मात्र परिवर्तन नहुँने भन्दै व्यवहारिक शिक्षाका लागि विज्ञान र प्रविधिमैत्री वातावरण आवश्यक रहेको धारणा राखे । उनले शिक्षा वेरोजगार जन्माउने कारक बन्नु नहुँने भन्दै प्रविधिका लागि शिक्षणको विकल्प नहुने प्रष्ट्याए । कार्यक्रममा बोलदै लिङ्देनले विपन्न भनिएको कचनकवल सम्पन्नताको बाटोमा लागिसकेको समेत धारणा राखेका थिए ।

यसैगरी प्रदेशसभा सदस्य बसन्तकुमार बानियाले कार्यक्रमलाई सम्बोधन गर्दै भविष्यका नेतृत्वकर्ता विद्यार्थी मैत्री शिक्षाका लागि प्राविधिक तथा व्यवसायिक पक्ष आवश्यकता रहेको धारणा राखे । उनले प्रदेश सरकारको नीति नै व्यवसायिक शिक्षाको विकास रहेको भन्दै विज्ञान र प्रविधिमैत्री शिक्षणमा सहयोग गर्न तयार रहेको स्पष्ट पारेका थिए ।