१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ।  गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र सङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागुऔषध नियन्त्रणलगायत क्षेत्रमा नेपाललाई पु¥याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो । साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै सरकारको तर्फबाट यूएनओडिसीका कार्यक्रम सञ्चालनमा प्रदान हुँदै आएको सहयोग र तदारुकताको प्रशंसा गर्नुभयो ।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यूएनओडिसी नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । रासस




भर्खरै