७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिनो अङ्कले बढ्यो नेप्से



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो ।

कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.६७, व्यापार ८.२, होटल २.३२, निर्जीवन बीमा ८१.१७, उत्पादन १९.२२, जीवन बीमा ६१.४७ ले वृद्धि हुँदा विकास बैंक १०.२७, जलविद्युत् ०.७६, वित्त ३.४८, अन्य ७.४४ लघुवित्त २.४ र सामूहिक लगानी कोष ०.१५ ले घटेको छ ।

स्टकका अनुसार कारोवार आधारमा हिमालन बैंक लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २४ करोड ४६ लाख १७ हजार ३० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै हिमालयन डिस्टिलरीको रु १० करोड ५२ लाख ६१ हजार ७५६, एनआइसी एशियाको रु नौ करोड ४६ लाख १२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड २० लाख ६० हजार ९५६, शिवम् सिमेन्टस्को रु पाँच करोड ७० लाख १२ हजार ६१६, सूर्या लाइफ इन्स्योरेन्सको रु चार करोड ६२ लाख तीन हजार ८८९ र सानिमा बैंकको संस्थापक शेयर रु तीन करोड ९६ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ९.८२, ग्लोबल आइएमइ बैंक ९.७५, पाँचथर पावर कम्पनी ९.५२, स्पर्श लघुवित्त ५.९४, सामुदायिक लघुवित्त ५.९१, कालिका पावर ५.४९ र वेष्ट फाइनान्सका शेयरधनीले ४.९० प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ग्रोथ फण्ड ६.४८, आइसिएफसी फाइनान्स ६.०७, माहुली सामुदायिक लघुवित्त ५.९४, सिनर्जी पावर ५.६६, युनिभर्सल पावर ५.१२ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.०८ प्रतिशतले गुमाए ।