काठमाडौं । बुधबार ओरालो लागेको सुनको मुल्य फेरी बढेको छ । बिहीबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको सुन बिहिबार ७५ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर ८ सय ८५ रुपियाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।