९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कार्कीलाई जिताउन संखुवासभामा १००१ सदस्यीय प्रचारप्रसार समिति गठन

कार्कीलाई जिताउन संखुवासभामा १००१ सदस्यीय प्रचारप्रसार समिति गठन
अ अ+ अ-

संखुवासभा । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभाले जिल्लाभर चुनावी अभियान तीव्र बनाएको छ। उम्मेदवार डा. अर्जुनकुमार कार्कीलाई विजयी गराउने उद्देश्यसहित जिल्लास्तरीय १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा उक्त समिति गठन गरिएको जानकारी गराइएको हो। अध्यक्ष राईका अनुसार, जिल्लामा रहेका १० स्थानीय तहमध्ये ठूला पालिकामा ५०१ सदस्यीय र साना पालिकामा ३०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।

जिल्ला कमिटी सचिवालय सदस्य किरणकुमार शाक्यले यी समितिहरूमार्फत वडा, टोल तथा बस्ती स्तरसम्म घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गरी डा. कार्कीलाई जिताउने अभियान अघि बढाइने जानकारी दिनुभयो। पार्टीले प्रचार सामग्रीको तयारी तथा वितरण, सवारी साधनको प्रयोग र अन्य व्यवस्थापनका सम्पूर्ण कार्यहरू निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गर्ने स्पष्ट पारेको छ।

यसैबीच, अध्यक्ष राईले माघ १५ देखि फागुन २ गतेसम्म सञ्चालन हुने प्रचार–प्रसार कार्यक्रमको तालिका समेत सार्वजनिक गर्नुभएको छ।

को हुन् डा. अर्जुनकुमार कार्की ?

‘समृद्ध नेपाल, सुखी नेपाली, समुन्नत संखुवासभा मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएका डा. अर्जुनकुमार कार्की अमेरिकाका लागि नेपालका पूर्व राजदूत हुन्।

उहाँ अल्पविकसित मुलुकहरूको अधिकारका लागि कार्यरत गैरसरकारी संस्थाहरूको सञ्जाल एलडीसी वाचका अन्तर्राष्ट्रिय संयोजकका रूपमा समेत कार्य गरिसक्नु भएको छ। साथै, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालजस्ता अल्पविकसित मुलुकहरूको पक्षमा पैरवी गर्दै आउनु भएको छ।

नेपालमा मानव अधिकार तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहनु भएका कार्कीको प्रत्यक्ष राजनीतिमा प्रवेश भने यो पहिलो पटक हो।