१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री शर्मा

निष्पक्ष तथा भयरहित निर्वाचन सरकारको मुख्य दायित्व : परराष्ट्रमन्त्री शर्मा
अ अ+ अ-

महोत्तरी। परराष्ट्रमन्त्री बालानन्द शर्माले आसन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व रहेको बताउनुभएको छ ।

आज महोत्तरीका भारतीय सीमावर्ती मतदानस्थलको स्थलगत निरीक्षणपछि जलेश्वरमा जिल्लास्थित सुरक्षा अधिकारी तथा सञ्चारकर्मीसँग मन्त्री शर्माले सरकार भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

“मुलुक अब निर्वाचनमा होमिएको छ, यो निर्वाचन मुलुकको स्थिरता र लोकतन्त्रको रक्षाका लागि सम्पन्न गरिनु पर्छ”, मन्त्री शर्माले भन्नुभयो, “यसका लागि सुरक्षा निकायले आपसी समन्वय र सुरक्षा प्रबन्ध सुदृढ गर्नुपर्छ ।”

यसअघि प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीसाथ मन्त्री शर्माले भारतीय सीमासँग जोडिएका जलेश्वर नगरपालिकाका मलिबारा र नैन्ही मतदानस्थलको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीका चारवटै क्षेत्रमा २५८ मतदानस्थलमा ५३६ मतदानकेन्द्र निर्धारण गरिएको छ । त्यसमध्ये १६३ अति संवेदनशील र ८९ संवेदनशील मतदानस्थलका वर्गीकरण गरिएको छ । रासस