६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओटीटीमा आउँदै आलिया भट्टको ‘गंगुबाई काठियावाडी’



अ+ अ-

एजेन्सी । सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ कोरोनाको तेस्रो लहर कम भएपछि हलमा रिलिज हुने पहिलो ठूलो बजेटको फिल्म हो । 

यस फिल्मको घोषणा भएदेखि नै सबैको नजर आलिया भट्ट अभिनीत फिल्ममा थियो र सोचे अनुसार फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गर्‍यो ।

कोरोना महामारीको समयमा, निर्माताहरूले चलचित्रलाई सिनेमाघरमा रिलिज भएको चार हप्तापछि मात्र ओटीटी प्लेटफर्ममा प्रिमियर गर्ने गर्थे । तर, आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’का निर्माताले आठ साता सिनेमाघरमा पुगेपछि मात्रै फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने निर्णय गरेका छन् । 

अर्थात् २५ फेब्रुअरीमा रिलिज भएको गंगुबाई काठियावाडीको ओटीटी प्रिमियर २२ अप्रिल २०२२ मा नेटफ्लिक्समा हुनेछ ।