१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आज स्कटल्यान्डसँग निर्णायक खेल



अ+ अ-

काठमाडौँ : महिला टी–२० विश्वकप क्रिकेट ग्लोबल क्वालिफायरमा आज बिहान नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । आजको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितात्मक रुपमा नेपाल र स्कटल्यान्ड एकआपसमा पहिलो पटक खेल्न लागेका हुन् ।

यद्यपी सुपर सिक्समा पुग्न नेपाललाई बलियो टिम स्कटल्यान्डमाथि जित हासिल गरेर मात्रले पुग्दैन । नेपालले ठूलो अन्तरले जित्नु पर्ने चुनौती छ ।

जिम्बावेमाथि शनिबार ६ विकेटको विजय हात पारेपछि नेपालको सुपर सिक्समा पुग्ने झिनो आशा पलाएको थियो । पूजा महतोले अविजित ५२ रन बनाएपछि नेपालले जिम्बावेसँगको खेलमा १ सय ३० रनको विजय लक्ष्य पछ्याएको थियो ।

यसअघि, नेपाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यी दुई खेलको नतिजाले नेपाली महिला टोली दबाबमा परेको हो ।

समूह बी मा रहेको स्कटल्यान्ड भने आजको खेल जिते सुपर सिक्समा पुग्नेछ ।

समूह ‘बी’ को अर्को टिम आयरल्यान्डले सबै तीन खेल जितेर सुपर सिक्समा पुगिसकेको छ । स्कटल्यान्ड र थाइल्यान्ड तीन खेलमा समान दुई जित हात पारी क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । नेपालको तीन खेलबाट दुई अंक मात्र छ । जिम्बावे सबै खेल हारेर पुछारमा छ ।

सोमबार नै यस समूहको अर्को खेलमा नेदरल्यान्ड्स र थाइल्यान्डका बीच प्रतिस्पर्धा हुनेछ । नेपालले स्कटल्यान्डलाई र नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेको खण्डमा नेपालसहित स्कटल्यान्ड र थाइल्यान्डको समान चार अंक हुनेछ र यस्तोमा राम्रो रन रेट भएको दुई टोली सुपर सिक्समा पुग्नेछ ।