१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा एकअर्कालाई सघाउने सहमति भएको छ।

दुवै पार्टीबीच भएको सहमतिअनुसार पश्चिम रुकुमबाट उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमबाट उम्मेदवार सन्दीप पुनको पक्षमा नेकपा (एमाले)ले आँखा चिह्नमा मतदान गर्ने भएको छ।

त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले)का उम्मेदवारको पक्षमा सूर्य चिह्नमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको जनाइएको छ।

उक्त सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पार्टीले आ–आफ्ना आन्तरिक पंक्तिलाई अविलम्ब निर्देशन दिने निर्णयसमेत गरेका छन्।

सहमति सम्बन्धी संयुक्त विज्ञप्तिमा नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन्।