१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘झल्कोस् पश्चिम रुकुमका झलकहरू’ तस्बिर प्रदर्शनी



अ+ अ-

काठमाडौँ।संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र फिनल्यान्ड सरकारले आज ‘झल्कोस् पश्चिम रुकुमका झलकहरू’ नामक बालबालिकाद्वारा खिचिएका तस्बिर प्रदर्शन गरेको छ ।

आपत्कालीन अवस्थामा शिक्षाबारे बालबालिकाको आवाज प्रस्तुत गरिएको उक्त प्रदर्शनीले बालबालिकालाई शिक्षाको निरन्तरता सुनिश्चितताका लागि सन्देश दिएको छ ।

यो प्रदर्शनी नेपाल सरकार, युनिसेफ र फिनल्यान्ड सरकारबीचको दीर्घकालीन साझेदारीको हिस्सा भएको आयोजकले जनाएका छन् । गत नोभेम्बर २०२५ मा जाजरकोट भूकम्पबाट प्रभावित पश्चिम रुकुमको भेरी दोभान माध्यमिक विद्यालयका विद्यार्थीका लागि तीनदिने फोटोग्राफी कार्यशाला आयोजनापछि विद्यार्थीहरूले खिचेका तस्बिरहरू प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपद्का बाबजुद पनि बालबालिकाको सिकाइ निरन्तर राख्न नेपालले दृढ प्रतिबद्धता देखाएको बताउनुभयो । उहाँले सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा नेपाल सरकार र साझेदारहरूसँग काम गर्न पाउँदा उत्साहित भएको भन्दै खुसी पनि व्यक्त गर्नुभयो ।

उक्त क्षेत्रमा भूकम्प तथा आपत्कालीन अवस्थापछि फिनल्यान्डको सहकार्यमा युनिसेफले तीन सय ८३ अस्थायी सिकाइ केन्द्र स्थापना गरी तत्काल सिकाइ निरन्तरता सुनिश्चित गरेको थियो । अहिले विद्यालय पुनर्निर्माणको क्रममा छ । रासस