३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा २४ अङ्कको वृद्धि



अ+ अ-

काठमाडौं । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ ।

नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीको २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ १८.०१, व्यापार ३४।५९, होटल ८३.३२, विकास बैंक ४३.८१, जलविद्युत् १९.५१, वित्त २.८६, निर्जीवन बीमा १४९.७६, उत्पादन ९.८६, अन्य ५.१५, लघुवित्त ६६.४३, जीवन बीमा १७४.०३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड १४ लाख २८ हजार ४६९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै ग्लोबल आइएमई बैंक रु पाँच करोड २६ लाख ५७ हजार ७२९, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु चार करोड ६८ लाख ३४ हजार २७, एनआइसी एशिया रु दुई करोड ७० लाख ४९ हजार ८६२, प्राइम बैंक रु दुई करोड ५९ लाख ५० हजार र गुराँस लाइफ इन्स्योरेन्स रु दुई करोड ५१ लाख ७० हजार ७४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार समिट लघुवित्त ७.७९, नेरुडे लघुवित्त विकास बैंक ७.६३, फष्ट माइक्रोफाइनान्स ७.०२, आशा लघुवित्त वित्तीय संस्था ७.०१, गुराँस लघुवित्त ६.९९ र गरिमा विकास लघुवित्तका शेयरधनीले ६.७१ प्रतिशतले कमाए । यस्तै जोशी हाइड्रोपावर ३.०७, युनाइटेड फाइनान्स २.७६, दिव्यश्वरी हाइड्रोपावर १.९६, समृद्धि फाइनान्स १.९० र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले १.३३ प्रतिशतले गुमाए ।




भर्खरै