२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो

चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो
A woman lifts up a child in Beijing, China, on Jan. 15, 2026. (AP Photo/Ng Han Guan)
अ अ+ अ-

एजेन्सी । दशकौँसम्म लागू गरिएको एक–बच्चा नीतिपछि थप सन्तान जन्माउन जनतालाई कसरी विश्वस्त पार्ने ? चीनले यही चुनौती सामना गरिरहेको छ । एक–बच्चा नीति अन्त्य भएको करिब एक दशक बितिसक्दा पनि जन्मदर बढ्न नसकेपछि चीनको कुल जनसङ्ख्या पुनः घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।

सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार विश्वको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको चीनमा जनसङ्ख्या लगातार चौथो वर्ष घटेको छ । सन् २०२५ मा चीनको कुल जनसङ्ख्या एक अर्ब ४० करोड ४० लाख पुगेको छ । यो आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० लाखले कम हो ।

यो तथ्याङ्कले चीनले भोगिरहेको गहिरो जनसाङ्ख्यिकीय दबाब स्पष्ट पार्छ । सन् २०२५ मा जम्मा ७९ लाख २० हजार शिशु जन्मिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १६ लाख २० हजार अर्थात् करिब १७ प्रतिशतले कम हो । सन् २०२४ मा जन्मदर केही बढेजस्तो देखिए पनि त्यो दीर्घकालीन प्रवृत्ति नभएको यसले सङ्केत गर्छ । सन् २०२३ सम्म लगातार सात वर्ष जन्मदर घटेको थियो ।

धेरै परिवारले अत्यधिक प्रतिस्पर्धी सामाजिक संरचनामा बालबालिका हुर्काउने उच्च लागत र मानसिक दबाबलाई मुख्य अवरोधका रूपमा उल्लेख गर्दै आएका छन् । यसमा पछिल्लो समयको आर्थिक मन्दीले थप बोझ थपेको छ, जसले धेरै परिवारलाई दैनिकी चलाउनै कठिन बनाएको छ ।

एसियाका अन्य मुलुकझैँ चीन पनि तीव्र रूपमा घट्दो प्रजनन दरको समस्यामा फसेको छ । सरकारले नियमित रूपमा प्रजनन दर सार्वजनिक नगरे पनि सन् २०२० मा यो १।३ रहेको थियो । विज्ञहरूको अनुमानमा हाल यो करिब एकको आसपास झरेको छ, जुन जनसङ्ख्या स्थिर राख्न आवश्यक २।१ को स्तरभन्दा निकै तल हो ।

दशकौँसम्म एकभन्दा बढी सन्तान जन्माउन प्रतिबन्ध लगाएको चीनले सन् २०१५ मा नीति संशोधन गर्दै दुई बच्चाको अनुमति दिएको थियो । जनसाङ्ख्यिकीय दबाब अझ गहिरिँदै गएपछि सन् २०२१ मा यसलाई तीन बच्चासम्म विस्तार गरियो । तर यी नीतिगत परिवर्तनहरूले अपेक्षित परिणाम दिन सकेका छैनन् ।

सरकारले थप सन्तान जन्माउन प्रोत्साहनस्वरूप विभिन्न उपायहरू अघि सारेको छ । गत जुलाईमा सरकारले प्रति बच्चा तीन हजार ६०० युआन (करिब ५०० अमेरिकी डलर) नगद अनुदान दिने घोषणा गरेको थियो । यससँगै, व्यवहार परिवर्तन गर्न प्रोत्साहन र निरुत्साह दुवै उपाय अपनाइएका छन् । सन् २०२५ देखि गर्भनिरोधक साधन, कन्डमसहित, मूल्यवर्धित कर छुट सूचीबाट हटाइएका छन्, जसका कारण जनवरी १ देखि कन्डममा १३ प्रतिशत कर लाग्न थालेको छ ।

बालपालनलाई सहज बनाउन किन्डरगार्टेन र डेकेयर केन्द्रहरूलाई कर छुटको सूचीमा समावेश गरिएको छ, साथै युवायुवतीलाई परिवार स्थापना गर्न प्रेरित गर्ने उद्देश्यले म्याचमेकिङ सेवाहरूलाई पनि प्रोत्साहन दिइएको छ ।

चीन सन् २०२३ सम्म विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र थियो । तर त्यस वर्ष क्षेत्रीय छिमेकी तथा कहिलेकाहीँ प्रतिस्पर्धी मानिने भारतले चीनलाई उछिनेर पहिलो स्थान ओगटेको थियो । अहिले चीनका लागि जनसङ्ख्या घट्दो क्रममा जानु दीर्घकालीन आर्थिक, सामाजिक र श्रम बजारसम्बन्धी चुनौतीका रूपमा उभिएको छ ।