४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

रवि लामिछानेसहितको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा तीन रिट दर्ता

रवि लामिछानेसहितको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा तीन रिट दर्ता
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएका छन्।

दिनेश त्रिपाठी, युवराज सफल तथा आयुष बडाल, आभाष रेग्मी र स्मृति अधिकारीसमेतको तर्फबाट पेस भएका तीन वटै रिट सर्वोच्च अदालतमा दर्ता भएको हो। ती रिटहरूको पहिलो सुनुवाइ (पेसी) माघ ६ गतेका लागि एकैसाथ तोकिएको छ।

रिट निवेदकहरूले सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन नमिल्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै, अभियोगपत्र संशोधन भनिए पनि वास्तविक उद्देश्य मुद्दा फिर्ता लिनु नै भएको दाबी गरेका छन्। उनीहरूले महान्यायाधिवक्ताको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेशको मागसमेत गरेका छन्।

रिटमा उल्लेख गरिएअनुसार महान्यायाधिवक्ताको चाहनाअनुसार मुद्दा संशोधन गर्दै जाने हो भने न्यायिक अराजकता उत्पन्न हुने र स्वच्छ न्याय प्रणाली नै कमजोर बन्ने खतरा रहेको छ। साथै हरेक सरकारले आफू निकट व्यक्तिको मुद्दा यसैगरी टुंग्याउने अभ्यास बढेमा न्यायिक प्रक्रिया नै संकटमा पर्ने भएकाले सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने माग गरिएको छ।

महान्यायाधिवक्ता भण्डारीले गोर्खा मिडियासँग सम्बन्धित सहकारी ठगी प्रकरणमा सबै प्रतिवादीको अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। सुरुमा रवि लामिछानेको हकमा मात्र अभियोगपत्र संशोधनको निर्णय गरिएको थियो। तर पछि शुक्रबार उक्त निर्णय सच्याउँदै सबै प्रतिवादीविरुद्ध दायर दुई वटा अभियोगपत्र संशोधनका लागि स्वीकृति दिने निर्णय गरिएको थियो।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/01/Rabi-Lamichhane-Writ.pdf”]