२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

इयु–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

इयु–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
Panama's President Jose Raul Mulino, from left, Bolivian President Rodrigo Paz, European Council President Antonio Costa, European Commission President Ursula von der Leyen, Paraguay's President Santiago Pena, Argentina's President Javier Milei, Uruguay's President Yamandu Orsi and Brazilian Minister of Foreign Affairs Mauro Vieira, pose for a group photo during a meeting to sign a free trade deal between the European Union and Mercosur in Asuncion, Paraguay, Saturday, Jan. 17, 2026. (AP Photo/Jorge Saenz)
अ अ+ अ-

एजेन्सी । युरोपेली सङ्घ र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले शनिबार औपचारिक रूपमा बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्वभर बढ्दो संरक्षणवाद र व्यापारिक तनावको पृष्ठभूमिमा सम्पन्न यो सम्झौतालाई दुवै पक्षले आर्थिक तथा भूराजनीतिक रूपमा ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् ।

पाराग्वेको राजधानी असुन्सिओनमा सम्पन्न हस्ताक्षर समारोहले एक चौथाइ शताब्दीभन्दा लामो, जटिल र कठिन वार्तालाई औपचारिक रूपमा टुङ्ग्याएको छ । अमेरिकी शुल्क नीतिहरू र बढ्दो चिनियाँ निर्यातको दबाबबीच यो सम्झौता इयुका लागि महत्त्वपूर्ण कूटनीतिक विजय मानिएको छ, जसले स्रोत–धनी दक्षिण अमेरिकी क्षेत्रमा युरोपको प्रभाव विस्तार गर्नेछ ।

यस सम्झौताले दक्षिण अमेरिकाले संयुक्त राज्य अमेरिकामाथि मात्र निर्भर नरही व्यापार र कूटनीतिक सम्बन्धहरू विविधीकरण गरिरहेको सन्देश पनि दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमी गोलार्धमा आक्रामक भू–राजनीतिक प्रभुत्व जमाउन खोजिरहेका बेला यो सम्झौतालाई त्यसको प्रतिवादका रूपमा समेत हेरिएको छ ।

सम्झौता कार्यान्वयनमा जानुअघि युरोपेली संसद्को अनुमोदन आवश्यक रहनेछ, जहाँ केही राजनीतिक र कृषि लबीबाट अवरोधको सम्भावना छ । यद्यपि दक्षिण अमेरिकामा भने यसको अनुमोदन लगभग सुनिश्चित मानिएको छ, किनकि यसले व्यापक राजनीतिक तथा व्यावसायिक समर्थन पाएको छ ।

मर्कोसुर ब्लकमा अर्जेन्टिना र ब्राजिलजस्ता ठूला अर्थतन्त्रसहित पाराग्वे र उरुग्वे समावेश छन् । ब्लकको नयाँ सदस्य बोलिभिया हाल सम्झौतामा समावेश छैन तर आगामी वर्षहरूमा सामेल हुनसक्ने बताइएको छ । भेनेजुएलालाई भने मर्कोसुरबाट निलम्बन गरिएको हुँदा सम्झौताबाट बाहिर राखिएको छ ।

सम्झौताअन्तर्गत अर्जेन्टिनाको गोमांसदेखि जर्मनीका कारहरूसम्मका ९० प्रतिशतभन्दा बढी वस्तुमा चरणबद्ध रूपमा भन्सार शुल्क हटाइनेछ । यसले करिब ७० करोडभन्दा बढी उपभोक्तालाई समेट्ने विश्वकै ठूलो स्वतन्त्र व्यापार क्षेत्रमध्ये एक निर्माण गर्ने र उपभोक्ताहरूका लागि वस्तु तथा सेवाको मूल्य घटाउने अपेक्षा गरिएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्झौतालाई संरक्षणवादविरुद्धको स्पष्ट सन्देशका रूपमा चित्रण गर्नुभयो । “हामी शुल्कभन्दा निष्पक्ष व्यापार रोज्छौँ र अलगावभन्दा दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिन्छौँ”, उहाँले समारोहमा भन्नुभयो । उहाँका अनुसार यो सम्झौताले दुवै क्षेत्रका जनता र अर्थतन्त्रलाई समृद्ध बनाउनेछ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि सम्झौतालाई बहुपक्षीय सहयोग र विश्वव्यापी व्यापारको विजयका रूपमा स्वागत गर्नुभयो । उहाँले एकपक्षीयता र संरक्षणवादले विश्व अर्थतन्त्रलाई कमजोर बनाउने टिप्पणी गर्नुभयो ।

यद्यपि, सम्झौताका क्रममा युरोपेली किसानहरूको चासो सम्बोधन गर्न वातावरणीय मापदण्ड, कृषि आयातमा कोटा तथा कर कटौतीका समयसीमा जस्ता प्रावधानहरू समावेश गरिएका छन् । यसका साथै इयुले आफ्ना किसानहरूका लागि थप अनुदानको प्रतिबद्धता जनाएको छ । फ्रान्सजस्ता केही देशमा अझै पनि राजनीतिक विरोध कायम रहेको छ ।

इयु व्यापार आयुक्त मारोस सेफकोभिकले युरोपेली संसद्मा सम्झौताको अनुमोदन सुनिश्चित गर्न सक्रिय लबिङ सुरु गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार यो सम्झौताले उच्च कर र शक्ति राजनीतिभन्दा अन्तर्राष्ट्रिय कानून, पूर्वानुमानयोग्यता र खुला व्यापारलाई प्राथमिकता दिने स्पष्ट सन्देश दिएको छ ।

यो सम्झौताले लामो समयदेखि आन्तरिक विवाद र आर्थिक समस्याले कमजोर बनेको मर्कोसुर ब्लकको पुनर्जीवनको सङ्केत पनि दिएको छ । विशेषगरी पहिले मर्कोसुरप्रति संशयवादी रहनुभएका अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेई शनिबारको समारोहमा खुलेर सम्झौताको समर्थनमा उभिनुभएको छ । उहाँले बन्द अर्थतन्त्र र संरक्षणवाद नै आर्थिक अस्थिरताको मुख्य कारण भएको टिप्पणी गर्नुभयो ।

विश्लेषकहरूका अनुसार इयु–मर्कोसुर स्वतन्त्र व्यापार सम्झौताले विश्व व्यापार व्यवस्थामा नयाँ सन्तुलन सिर्जना गर्नेछ र बहुपक्षीय सहकार्यको महत्त्वलाई पुनः स्थापित गर्नेछ ।