४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा
अ+ अ-

काठमाडौँ ।नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भईसकेको दाबी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित काँग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी हुनुभएका उहाँले सञ्चारकर्मीमाझ सो दाबी गर्नुभएको हो ।

नेता शर्माले काँग्रेस पार्टीका लागि सर्वश्वहरणमा परेको कोईराला परिवारका कुनैपनि सदस्य पार्टीलाई एकतावद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनु भयो । उहाँले वरिष्ठ नेता कोईरालाले निर्वाचन आयोगले आधिकारिता दिएको काँग्रेस र देउवा पक्षलाई एकतावद्ध बनाउन सफल हुने समेत बताउनु भयो ।

नेता शर्माले भन्नुभयो,‘शेखर दाईहरु गगन थापासँग मिलेर जाने कुरा अलरेडी निर्णय भइसकेको कुरा हो । के बुझ्नु होला भने–शेखर कोईरालाहरुलाई अथवा कोईराला फ्यामीलीलाई यो पार्टी फुटेको मन परेको होला ? होइन । उहाँहरुको त पार्टी बनाउन कति वर्ष जेल बसेको छ । सर्वस्वहरण भएको छ । आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भएपनि शेखर कोईरालाले पार्टी बचाई दिनुहुन्छ । यसरी बुझ्नुपर्छ । पार्टी बचाउनु पर्छ । पार्टी बचाउन लागि रहनुभएको छ ।’

नेता शर्माले काँग्रेस सभापति थापा पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने लागि परेको बताउनु भयो । उहाँले निर्वाचनमा विजयी हुनलाई पनि काँग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनु भयो ।