४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

क्षतिग्रस्त संसद भवनपछि सिंहदरबारमा राष्ट्रिय सभा अधिवेशनः जेन–जी प्रभावमा निर्वाचन तयारी मुख्य एजेण्डा

क्षतिग्रस्त संसद भवनपछि सिंहदरबारमा राष्ट्रिय सभा अधिवेशनः जेन–जी प्रभावमा निर्वाचन तयारी मुख्य एजेण्डा
अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनको प्रभावपछि प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको १९ औँ अधिवेशन शुरु भएको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसिरहेको यो अधिवेशनको माघ महिनाको कार्यसूचि सार्वजनिक भएको हो ।

यो कार्यसूचीमा अध्यादेश पेश, विभिन्न समितिका प्रतिवेदन प्रश्तुति, वार्षिक प्रतिवेदनहरू पेश र विधेयकमाथि छलफल मुख्य रूपमा समावेश छन् । बिहान ११ बजे बसेको चालु अधिवेशनको पहिलो बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको अधिवेशन आह्वान सम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पहिलो बैठकमा पढेर सुनाइएको छ । अब बस्ने बैठकमा निर्वाचन तयारीसँग जोडिएका तीनवटा अध्यादेश सभामा पेश हुने कार्यक्रम छ । मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश र प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ पेश हुनेछन् । यी अध्यादेशहरू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनलाई सहज बनाउन ल्याइएका हुन् ।

माघ महिनाको कार्यसूचिमा विभिन्न संसदीय समितिका प्रतिवेदनहरू पेश र छलफल पनि प्राथमिकतामा छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभामा पेश हुनेछ र यसै प्रतिवेदनमाथि छलफल पनि हुने कार्यक्रम छ । यसैगरी, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिका प्रतिवेदन पेश हुने छन् । अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफाबार छलफलको लागि सभा वा समितिमा पठाउने निर्णय हुने अपेक्षा गरिएको छ ।

अन्य मुख्य एजेण्डाहरूमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश, राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ को चौँसठ्ठी वार्षिक प्रतिवेदन, मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको २०८१/८२ को वार्षिक प्रतिवेदन र विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश हुनेछन् ।
प्रत्येक बैठकमा शुन्य समय र आवश्यकताअनुसार प्रादेशिक सरोकार समय (महिनाको पहिलो र तेस्रो शुक्रवार) राखिनेछ । नयाँ विधेयक दर्ता भएमा वा समितिबाट प्रतिवेदन प्राप्त भएमा कार्यसूचीमा थप समावेश हुन सक्नेछ । सार्वजनिक महत्वका विषयमा मन्त्रीहरूबाट समय माग भएमा बैठकको शुरुमै समय उपलब्ध गराइने र आकस्मिक विषय उठेमा कार्यसूचि परिमार्जन हुन सक्ने प्रावधान छ । यसैगरी, महिनाको तेस्रो हप्ताको कुनै बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र सदस्यबाट प्रश्ताव दर्ता भएमा प्रस्ताव उत्तर कार्यक्रम हुनसक्ने व्यवस्था छ ।

यो कार्यसूचीले संक्रमणकालीन अवस्थामा राष्ट्रिय सभाले निर्वाचन प्रक्रिया सहज बनाउने, सुशासन र सदाचार नीतिलाई मजबुत पार्ने तथा विभिन्न आयोगहरूको जवाफदेहिता सुनिश्चित गर्ने दिशामा काम गर्ने विश्वास गर्न सकिन्छ । जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दाहरूमा यो अधिवेशनले सकारात्मक योगदान दिने अपेक्षा छ । तर प्रतिनिधि सभा निर्वाचन नहुँदासम्म राष्ट्रिय सभाको भुमिका सिमित रहने भएकाले आन्दोलनका मागहरू पूर्ण सम्बोधन हुन बाँकी रहेको विश्लेषकहरू बताउँछन् ।

२०८२ भदौमा जेन–जी युवाहरूको नेतृत्वमा भएको प्रदर्शनले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याएको छ । भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल प्रतिवन्धविरुद्ध शुरु भएको प्रदर्शनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा गरायो । संसद भवनमा आगजनी भयो । अन्ततः प्रतिनिधि सभा विघटन भई अन्तरिम सरकार गठन भयो । यो आन्दोलनको प्रभाव अझै कायम छ  ।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा आईतवार (आज) बिहान ११ बजेदेखि राष्ट्रिय सभाको १९ औँ अधिवेशन आह्वान गर्नुभएको थियो । चालु अधिवेशनको पहिलो बैठक शोक प्रश्ताव पारित गर्दै सकिएको छ । बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको छ । किनकि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त छ । यो जेन–जी आन्दोलनपछि पहिलो संसदीय अधिवेशन हो । प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभा मात्रैको बैठक हुनु नयाँ तथा असामान्य घटना हो ।

पहिला सामान्यतया प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त अधिवेशन वा सँगसँगै बैठकहरू बोलाइने गरिन्थ्यो । तर प्रतिनिधि सभा विघटन भएपछि (२०८२ भदौ २७ गते) नयाँ निर्वाचन तोकिएपछि अहिले राष्ट्रिय सभा मात्रै सक्रिय छ । संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले दुवै सदन अलग–अलग पनि बोलाउन सक्नुहुन्छ । तर यो अवस्था राजनीतिक संकटका कारण उत्पन्न भएको हो । राष्ट्रिय सभा स्थायी सदन भएकाले यो निरन्तर चलिरहन्छ । जसले अन्तरिम अवधिमा विधायकी कामहरू अघि बढाउन सहयोग गर्छ ।

आईतवारबाट शुरु भएको बैठकको कार्यसूचिमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको अधिवेशन आह्वान पत्र पढ्ने र दिवंगत सांसद बालदेव बोहराप्रति श्रद्धाञ्जली प्रश्ताव पारित गर्ने एजेण्डा थिए । दुई वटा एजेण्डासँगै बैठक माघ ९ गतेका लागि बोलाइएको छ । राष्ट्रिय सभाले विधेयकहरू पारित गरेर सरकारलाई दबाब दिनसक्छ । जसले आगामी निर्वाचनअघि सकारात्मक सन्देश दिनेछ । यो नयाँ परम्पराले नेपालको संसदीय अभ्यासमा नयाँ आयाम थपेको छ । प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभाले मात्रै काम गर्नुले संघीयताको सन्तुलन र स्थायित्वलाई परीक्षा दिइरहेको छ ।