१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारत सीमा क्षेत्रमा पनि कोरोना सहायता कक्ष राखियो



अ+ अ-

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको रुपन्देहीका सहायक प्रजिअ भरत शर्माले जानकारी दिए ।

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ ।