१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

नेपाल बार एशोसिएशनका पूर्वाध्यक्ष पाण्डेको निधन

नेपाल बार एशोसिएशनका पूर्वाध्यक्ष पाण्डेको निधन
अ अ+ अ-

दमौली । नेपाल बार एशोसिएशन तनहुँका पूर्वाध्यक्ष एवं जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्रबहादुर पाण्डेको आज निधन भएको छ । केही समयदेखि अस्वस्थ पाण्डेको तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित निवासमा निधन भएको हो । पाण्डेको आज नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ ।

पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै दाहसंस्कारमा सहभागी नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले परिवर्तन र निरङ्कुशताविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पाण्डेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।

नेकपा जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देल, सांसद प्रतापकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यासका प्रमुख न्यौपानेलगायतले सामाजिक क्षेत्रमा योगदान पुर्याएका पाण्डेको निधनले समग्र तनहुँवासीले अभिभावक गुमाएको महसुस गरेको बताए ।