१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

कोरोना भाइरसको औषधी फेला पारेका छौं: थाई चिकित्सक

कोरोना भाइरसको औषधी फेला पारेका छौं: थाई चिकित्सक
अ अ+ अ-

७१ वर्षिय महिला निको भईन्

एजेन्सी । वुहान कोरोना भाइरसबाट संक्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको थाईल्याण्डका चिकित्सकहरुले बताएका छन् । तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्धऔषधीलाई मिसाएर खान दिदाँ बिरामीलाई सन्चो भएको जानकारी दिएका छन् । अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला आफुहरुको उपचारबाट भाइरसमुक्त भएको बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा. क्रियाङसक एतीपोर्नवानिचले जानकारी दिए ।

डा. क्रियाङसकका अनुसार ती बिरामी महिलालाई एचआईभीको उपचारमा प्रयोग हुने औषधी र फ्लू हुदाँ खाइने औषधिको मिश्रण दिइएको थियो । ‘म अत्यन्त जटिल अवस्थामा रहेकी बिरामीको उपचारमा संलग्न थिएँ र परिणाम सकारात्मक आएको छ । ४८ घण्टाभित्रै बिरामीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भएको छ र परीक्षणको परिणाम पनि ४८ घण्टाभित्र पोजिटिभबाट नेगेटिभमा फेरिएको छ ,’ डा. क्रियाङसकले भने ।

अस्पताल प्रशासनले पत्रकार सम्मेलन नै आयोजना गरी यो खबर सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको ति महिलाको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको पनि बताएका छन् । उता, बेइजिङका अस्पतालहरुले केही बिरामीलाई एचआईभी उपचारमा प्रयोग हुने औषधी दिएर निगरानी गरिरहेका छन् । तर परिणम भने अझै आउन सकेको छैन् ।