१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

राष्ट्रिय रणनीति फितलो, बालविवाहमा कमी आएन

राष्ट्रिय रणनीति फितलो, बालविवाहमा कमी आएन
अ अ+ अ-

काठमाडौँ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन । राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक वर्ष (साउनदेखि कात्तिकसम्म) मा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार २२ जिल्लामा ८० बालविवाहका घटनामा ११६ बालबालिकाको विवाह भएको देखिन्छ । पहुँच र सचेतना अभावका कारण प्रकाशमा नआएका बालविवाहका घटना यसभन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ ।

बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै ७२ जना (३६ विवाह)ले उमेर नपुग्दै विवाह गरेका छन् भने तीन बालिकाको विवाह अनमेल तथा अस्वाभाविक उमेर अन्तर भएकासँग भएको देखिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । साथै ४१ बालिकाको वयस्क पुरुषसँग विवाह भएको पाइएको छ । बालविवाह भएकामध्ये आफूखुशी वा भागी विवाह ५६, अभिभावकद्वारा ३८, सामाजिक सञ्जाल र फेसबुक दुरुपयोगका कारण उमेर नपुग्दै २२ जनाको बालविवाह भएको छ । यसैगरी बालविवाहलाई लैङ्गिकरूपमा विश्लेषण गर्दा बालक ३६ र बालिका ८० रहेका छन् ।

जिल्लागतरूपमा हेर्दा मोरङ जिल्लामा सबैभन्दा बढी २२ बालबालिकाको बालविवाह भएको घटना प्रकाशमा आएको छ । बालविवाह गरेका केही जोडीलाई नेपाल प्रहरीले सम्झाइबुझाई गरी उनीहरुको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ । यस अवधिमा भएका ८० बालविवाहमध्ये आठ नेपाल प्रहरीबाट र दुई बाल क्लबबाट गरी जम्मा १० बालविवाह रद्द गरिएको छ । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयं बालबालिकाबाट पनि हुने गरेको पाइएको छ ।