४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

कांग्रेस विशेष महाधिवेशनः आज राति मतदान नहुने, भोलि मात्र प्रक्रिया अघि बढ्ने

कांग्रेस विशेष महाधिवेशनः आज राति मतदान नहुने, भोलि मात्र प्रक्रिया अघि बढ्ने
अ+ अ-

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति मतदान नहुने भएको छ। मतदान प्रक्रिया भोलि बुधबारदेखि मात्र सुरु गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

राति मतदान गराउन कठिनाइ हुने भएकाले भोलि बिहानबाट मात्र मतदान प्रक्रिया अघि बढाउने तयारी गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए।

‘अहिले साढे ७ बजेसम्म मनोनयनपत्र दर्ताको प्रक्रिया चलिरहेको छ। त्यसपछि छलफल गरेर बाँकी प्रक्रिया टुंग्याउँछौँ,’ संयोजक केसीले भने, ‘राति नै मतदान गर्ने सोच छैन। रातभरि मतदान गर्न गाह्रो हुने भएकाले भोलि बिहानबाट सुरु हुन्छ।’

निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आजै राति ९ बजेदेखि मतदान गर्ने समयतालिका तोकिएको थियो। तर परिस्थितिका कारण उक्त तालिका परिवर्तन गरिएको हो। संयोजक केसीका अनुसार अब नयाँ निर्वाचन तालिका सार्वजनिक गरिनेछ।

विशेष महाधिवेशनमार्फत कांग्रेसको १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। निर्वाचन पुरानै विधानअनुसार गराइने निर्वाचन समितिले स्पष्ट पारेको छ।

निर्वाचनबाट १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्य चयन हुनेछन्। जसअनुसार २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुनेछन्। खुला केन्द्रीय सदस्यतर्फ ३५ जना चयन हुने निर्वाचन समितिले जनाएको छ।