९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक बन्दसूचीबाट ५४ जनाले नाम फिर्ता लिए



अ+ अ-

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीबाट ५४ जनाले नाम फिर्ता लिन निवेदन दिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार दिउँसो ३ बजेसम्म नाम फिर्ताका लागि ५४ वटा निवेदन प्राप्त भएका छन्। आयोगले समानुपातिकतर्फका उम्मेदवारलाई बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिन समय दिएको छ। अझै करिब एक घण्टा समय बाँकी रहेकाले निवेदन संख्या बढ्न सक्ने उनले जानकारी दिए।

नाम फिर्ता लिनेमा जनमत पार्टीका उम्मेदवारको संख्या सबैभन्दा बढी छ। जनमत पार्टीका २० जनाले नाम फिर्ताको निवेदन दिएका छन्। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका १२ जना र नेकपा (एमाले) का ३ जना उम्मेदवार रहेका छन्। निर्वाचन आयोग स्रोतका अनुसार यो संख्या अझै बढ्न सक्ने सम्भावना छ।

एमालेतर्फ खसआर्य कोटाबाट ठाकुरप्रसाद शर्मा, मधेशी महिला कोटाबाट अंशु सिंह तथा आदिवासी जनजाति कोटाबाट विजयसिंह लामाले नाम फिर्ता लिने निवेदन दिएका छन्।

बन्दसूचीमा नाम रहेका उम्मेदवारहरू स्वयं उपस्थित भएर नाम फिर्ताको निवेदन दिइरहेका छन्। गत १३ र १४ पुसमा ५८ वटा चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने गरी ६४ राजनीतिक दलले समानुपातिकतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि बन्दसूची बुझाएका थिए।

प्रतिनिधिसभाका कुल २७५ सिटमध्ये ११० सिट समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था छ।