१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारले लाइसेन्स लिनुनपर्ने, मन्त्री बाँस्कोटा खुसी



अ+ अ-

काठमाडौं । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिकेर विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

सांसदहरूले उठाएका प्रश्नलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकारले लाइसेन्स लिने विषय पोर्चुगलमा मात्रै रहेको जानकारी गराएका थिए । कार्य व्यवस्था परामर्श समितिको बैठकले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेस गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बाँस्कोटाले खुसी प्रकट गरे ।

पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैंमा नराम्रो नभएको पनि मन्त्री बाँस्कोटाले बताए । ‘सेकेन्ड सेकेन्डमा परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको सम्भावना बोकेको क्षेत्रलाई आफैं कम्पिटिटिभ छ भने त्यो व्यवस्था (लाइसेन्स) किन त भन्ने कुरा हो,’ पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिक्नुको कारण दिँदै मन्त्री बाँस्कोटाले भने, ‘विश्वविद्यालयबाट आउने कुरा भयो ।’

उनले पत्रकारितालाई समाजको विकासमा सकारात्मक भूमिका खेल्ने र काममा केन्द्रित हने गरी कानुन बनाइएको बताए । संविधानले नै वाक् स्वतन्त्रतालाई प्राथमिकतामा राखेकाले पनि जनताप्रति उत्तरदायी बनेर पत्रकारले आफ्नो धर्म निर्वाह गर्नैपर्ने मन्त्री बाँस्कोटाको धारणा छ । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैंमा भने नराम्रो नरहेको उनले बताए । उनले भने, ‘पेसागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको थियो ।’ राजधानी दैनिकबाट