९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने विशेष महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आए: शेखर कोईराला



अ+ अ-

काठमाडौैं । नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ महाधिबेशन प्रतिनिधिहरु काठमाडौं आएको बताउनु भएको छ ।

विशेष महाधिवेशन सुरु हुनै लाग्दा एक भिडिओ सन्देश जारी गर्दै नेता कोईरालाले पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको र आफू पार्टी एकताको पक्षमा आवाज उठाइरहेको बताएका बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ ‘मेरो कतिपय शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिन। म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइन। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन।’